अमेरिकन सामोआमा सिकिस्त भए डाँगी


भाद्र १३, २०७२-
विश्वमै होचा व्यक्तिका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएका
चन्द्रबहादुर डाँगी अमेरिकन सामोआमा सिकिस्त बिमारी परेका छन् ।
भतिजा दोलखबहादुर डाँगीसँग म्याजिक सर्कस अफ सामोआमा विगत ३ महिनादेखि
कार्यरत डाँगी सर्कस अन्यत्र सर्ने क्रममा सिकिस्त बिमारी पर्नुभएको हो । भतिज
डाँगीका अनुसार म्याजिक सर्कस अफ सामोआ अमेरिकाको मातहतमा रहेको द्विप
अमेरिकन सामोआमा सर्ने क्रममा डाँगी बिमारी पर्नुभएको हो । अमेरिकन सामोआमा
कार्यरत नेपाली चिकित्सक डा. लव चौरासियाका अनुसार डाँगीको पुरानो
निमोनिया बिग्रेको कारण उहाँलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । यो
समाचार आइतबार दिउँसो १२ बजेसम्म तयार पार्दा पनि उहाँको होस नआएको पश्चिम
सामोआमा युनेस्कोमा कार्यरत योगेन्द्र क्षेत्रीले टेलिफोनमा जानकारी दिनुभएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects