दूध : आममानिसले दैनिक रूपमा प्रयोग गर्ने दूधमा पानी, युरिया,
वासिङ पाउडरको घोल आदि मिसावट गरिन्छ।
जाँच्ने विधि : दूधमा हुने मिसावट जाँच गर्न लेक्टोमिटर प्रयोग गर्न सकिन्छ। यो बजारमा
सहज रूपमा उपलब्ध छ। लेक्टोमिटर ३० युनिटभन्दा बढी डुब्यो भने दूधमा मिसावट गरिएको
कुरा थाहा हुन्छ। दूधमा गरिएको युरियाको मिसावट पत्ता लगाउन टेस्ट ट्युबमा ५
मिलिलिटर दूध तथा त्यसमा ब्रोमोथाइमोल ब्लु सोल्युसन हाल्नुपर्छ। १० मिनेटपछि यदि
दूधको रंग नीलो भयो भने दूधमा युरिया मिसावट भएको पक्का हुन्छ।
दूधमा स्टार्चयुक्त पदार्थको मिसावट पत्ता लगाउन एक चिया चम्चा दूधमा एक थोपा
टिन्चर आयोडिन हाल्दा मिसावट भएको दूध नीलो देखिन्छ । यसैगरी दूधलाई उमालेर
चिसो पार्दा यदि माथिल्लो लेयरमा पातलो तर मात्र देखिन्छ भने त्यो दूधबाट तर
झिकिएको थाहा हुन्छ।
आइसक्रिम : बालबालिका तथा युवतीहरूबीच लोकपि्रय आइसक्रिममा विभिन्न
किसिमका पाउडर तथा सेकारिन नामक गुलियो पदार्थ मिसाइएको हुन्छ।
जाँच्ने विधि : आइसक्रिममा थोरै कागतीको रस मिसाउँदा यदि आइसक्रिमबाट फिँज
आउँछ भने त्यसमा वासिङ पाउडर मिसिएको छ भन्ने कुरा बुझ्न सकिन्छ। यदि
आइसक्रिममा सेकारिन मिसाइएको छ भने सुरुमा आइक्रिमको स्वाद मिठो हुन्छ तर खाँदै
जाँदा त्यसको स्वाद खल्लो हुँदै जान्छ।
चिनी र नुन : दैनिक प्रयोग गरिने चिनी र नुनमा प्रायः चक पाउडर मिसाइएको हुन्छ।
जाँच्ने विधि : धूलो नुन र चिनीमा चक पाउडर मिसाइएको छ भने त्यसलाई पानीमा घोलेर
दुई मिनेट छोडेर हेर्दा पानीको सतहमा सेतो रंगको तर लागेको देखिन्छ भने पूरै घोल पनि
सेतो हुन्छ। यदि नुन र चिनीमा नगल्ने स-साना दाना मिसाइएको छ भने त्यो थिगि्रएर
पिधमा जम्मा हुन्छ।
मह :महमा धेरैजसो पानी वा चिनीको चास्नी मिसाइएको पाइन्छ।
जाँच्ने विधि : कपासलाई महमा चोपेर बाल्दा यदि कपास पूरा बल्यो भने त्यो शुद्ध मह
हो, होइन भने महमा मिसावट छ भन्ने बुझिन्छ। चिनीको चास्नी मिसाइएको छ भने महमा
चोपेको कपास बाल्दा चटचट आवाज आउँछ।
चियापत्ती : चियापत्तीमा धेरैजसो प्रयोग गरिसकिएको चियापत्ती वा चियापत्ती
जस्तै देखिने रंगका पातहरू माडेर मिसाइन्छ।
जाँच्ने विधि : चियापत्तीलाई सेतो कागजमा रगड्दा वा भिजेको फिल्टर पेपरमा
राख्दा त्यसको रंग परिवर्तन हुन्छ भने चियापत्तीमा मिसावट छ भन्ने थाहा हुन्छ।
खुर्सानीको धूलो : खुर्सानीको धूलोमा प्रायः काठको धूलो वा इँटाको धूलो
मिसाइन्छ।
जाँच्ने विधि : दुई ग्राम खुसार्नीको धूलोलाई टेस्ट ट्युवमा हालेर त्यसमा ५ मिलिलिटर
एसिटोन मिसाउँदा यदि खुसार्नीको धूलो रातै देखिन्छ भने त्यसमा मिसावट गरिएको छ
भन्ने बुझ्नुपर्छ। खुसार्नीको धूलोलाई पानीमा मिसाउँदा काठको धूलो उत्रिन्छ भने
इँटाको धूलो पिधतिर थेगि्रन्छ।
बेसार : बेसारमा धेरैजसो मेटालिक ऐलो रंगले पहेंलो बनाइएको मैदा मिसाइन्छ।
जाँच्ने विधि : एउटा टेस्ट ट्युवमा अलिकति बेसार हाल्ने, त्यसमा थोरै मात्रामा पानी र
हाइड्रोक्लोरिक एसिडको केही थोपा मिसाउने। पहेंलो रंग प्याजी रंगमा परिवर्तित भए
बेसारमा रंग मिसाइएको पुष्टि हुन्छ।
मिठाई : मिठाईलाई गुलियो तथा स्वादिलो बनाउन सेकारिन नामक कृत्रिम गुलियो
पदार्थ मिसाइन्छ।
जाँच्ने विधि : सेकारीन चिनीभन्दा धेरै गुणा गुलियो हुन्छ। सेकारिन मिसाइएको मिठाई
खाँदा त्यसको गुलियो स्वाद धेरैबेरसम्म जिब्रोमा रहन्छ र पानी पिउन मन लागिरहन्छ।
खुवा : मिठाईको मुख्य स्रोत मानिने दूधबाट बन्ने खुवामा मैदा तथा भात पकाउँदा
निस्कने चामलको माड मिसाइन्छ।
जाँच्ने विधि : एक चम्चा खुवा पानीमा घोल्ने र त्यसमा एक-दुई थोपा टिन्चरआयोडिन
हाल्दा खुवाको रंग नीलो देखिए त्यसमा मिसावट गरिएको थाहा हुन्छ।
घिउ-मख्खन : शुद्ध घिउ वा मख्खनमा वनस्पति घिउ मिसाइएको पाइन्छ।
जाँच्ने विधि : टेस्ट ट्युवमा हाइड्रोलिक एसिड तथा एक चिम्टी चिनी घोल्ने र त्यसमा दुई
चिया चम्चा घिउ वा मख्खन हाल्ने अनि एक मिनेट त्यतिकै छोड्ने। उक्त घिउ वा मख्खन
रातो देखियो भने त्यसमा वनस्पति घिउ मिसाइएको पुष्टि हुन्छ।
नेपाल सरकारद्वारा स्वीकृतिप्राप्त खाद्य रंगहरू
रातो रंग : अमरेन्थ, पान्स्यु, इरिथ्रोसिन, कामोइसिन -एजो रुविन, फास्टरेड ई।
पहेलो रंग : टाट्राजिन, सनसेट एलो एफसीएफ।
नीलो रंग : इन्डिगोटिन, बि्रलिएन्ट ब्लू एफसीएफ।
हरियो रंग : उलग्रीन बीएस, फास्ट ग्रीन एफसीएफ।
स्वीकृत खाद्य रंग प्रयोग गर्न सकिने खाद्य पदार्थहरू
सबै किसिमका आइसक्रिम, चीज, दूधबाट बनाइने विभिन्न परिकार, बिस्कुट, केक,
पेस्ट्रीका साथै अन्य मिठाई तथा मदिरारहित पेयपदार्थहरू।
स्वीकृत खाद्य रंगको मात्रा
कुनै पनि स्वीकृतिप्राप्त खाद्य रंग प्रतिकिलो खाद्यपदार्थमा २ सय मिलिग्रामभन्दा
बढी प्रयोग गर्नुहुँदैन।
खाद्यपदार्थमा प्रयोग हुने स्वीकृतिप्राप्त रंगमा स्वास्थ्यलाई हानि हुने कुनै पनि पदार्थ
मिसाइएको हुनुहुँदैन।



0 comments:
Post a Comment