फोटोसुट र र्‍याम्प शो फेबरेट

जेष्ठ ३२, २०७२-काठमाडौंकी एन्जेल शाह ५ फिट ४ इन्च अग्ली छिन्। हालै मात्र उनले काठमाडौं क्रेज डटकमका लागि फोटोसुट गराइन्। ३४X२५X३३ एन्जेलको शारीरिक संरचना हो। कक्षा १० मा अध्ययनरत रहँदा उनी र्‍याम्प शोमार्फत मोडलिङमा प्रवेश गरेकी थिइन्। फोटोसुट र र्‍याम्प शो उनका फेबरेट हुन्। सफल बिजनेस वुमन र अब्बल मोडलका रूपमा आफुलाई परिचित गराउने लक्ष्य लिएकी एन्जेल डान्स, सपिङ तथा ट्राभलिङमा रुचि राख्छिन्। समाजले सकारात्मक रूपमा ग्रहण गर्ने हो भने नेपाली मोडलिङ धेरै प्रोफेसनल भैसकेको उनको भनाइ छ। यो दिनानुदिन प्रगतिको बाटोमा उन्मुख छ, शाहको भनाइ छ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects