नेपालले नयाँ संविधान पाएपछिको अवस्था तपाईंलाई कस्तो लागिरहेको छ ?

आश्विन १९, २०७२-  

सबैलाई समेटेर गएको भए राम्रो हुने थियो  ।
योको खड्का
यो संविधान जनताको पक्षमा छैन  । यो तीन दलको भागबन्डाको दस्तावेज मात्र हो  ।
विष्णुप्रसाद दुवाल
कागलाई बेल पाक्यो हर्ष न बिस्मात  । सर्वसाधारणलाई केही असर पर्दैन  ।
अमिस ढुंगाना
काउसोको झाङमा ऐंसेलु पाकेजस्तो लाग्यो  ।
प्रेम रायमाझी
जनताको मतको अवहेलना र नेताको पेलाइजस्तो लाग्यो  । यो संविधानले नेपाल र नेपालीको भविष्य राम्रो बनाउँदैन  ।
विश्व क्षेत्री
देश अब आर्थिक विकासमा लाग्छ भनेर खुसी लागेको छ  । दु:ख यो कुरामा छ कि तराईमा बस्नेहरूलाई पनि मिलाएर उनीहरूले पनि दिपावली गर्ने वातावरण बनाइएको भए हुने थियो  ।
राजकुमार न्यौपाने
नहुनु मामाभन्दा कानो मामा बेस भनेझैं भैरहेको छ  । 
शेर्पा नुरु पिनासा
एकदम खुसी लागेको छ  । अब पाउँछ देशले निकास र विकास  ।
राजभाइ
अचम्म लागिरहेको छ  । कति वर्ष टिक्ने हो, सोचिरहेको छु  ।
मंगोलियन सम्राट
नेताहरूले आफूअनुकूल बनाएका छन्  । उनीहरूका लागि त स्वर्ण पुस्तिका नै हो  । नेपालमा रजाइँ गर्ने अघोषित दस्तावेज हो यो  । यो संविधान सम्पूर्ण नेपालीका लागि होइन  । त्यसैले दु:खका साथ भन्नुपर्छ, नेपाल बर्बाद हुने भयो  ।
सुनिल गुप्ता
अब देशमा शान्ति र विकास हुनुपर्छ  । म खुसी छु  ।
रत्न नेपाल
खुसी लागिरहेको छ  । नयाँ नेपाल बन्ने भयो  । यो ठूलो कुरा हो  । 
चूडामणि धामी
चित्त नबुझ्नेले चुनावमा दुईतिहाइ ल्याएर आफूले भनेजस्तै संशोधन गरे भयो  । संविधानलाई स्वागत गरौं  । कालो दिन होइन, उज्यालो दिन मनाऔं  । सबैको जय होस्  ।
बलराम धमला
संविधान जादुको छडी होइन, काम गर्नेहरूलाई यसले खासै फरक पार्दैन  । सबैले आ–आफ्नो गुजारा चलाउनैपर्‍यो  । संविधान आएर मात्र मानिसको जीवनस्तरमा खासै फरक पर्दैन  ।
समुन्द्र रेग्मी
बन्दुकको बलमा घोषणा गरिएको लोकतान्त्रिक संविधान कागलाई बेल पाक्यो हर्ष न बिस्मातजस्तै लाग्यो  ।
सुरेन चाम्लिङ
एउटा ऐतिहासिक कुराको साक्षी हुन पाउँदा खुसी लागिरहेको छ  । जय नेपाल, जय संविधान  ।
जितेन कटुवाल
६ दशकमा ३० वटा प्रधानमन्त्री र ६ वटा संविधान बनिसकेको छ  । अबको संविधान एक दशक पनि टिक्ला कि नटिक्ला  ? खुसियाली मनाउने बेला भयो र ?
नवीन
उत्साहजनक छैन  । न जनभावना समेटियो न बन्द–हड्ताल गरेर जनतालाई सास्ती दिने, आतंक मच्चाउनेहरूलाई सजाय दिने कानुन नै बन्यो  ।
अशोक
नयाँ संविधानले मेरो त मनै परिवर्तन भयो, धेरै खुसी लागेको छ  ।
नेपाली छोरो
हामीलाई नयाँ संविधान स्वीकार्य छ  । असहमत पक्षको माग सुनुवाइ भए अझ उत्तम हुन्छ  ।
शारदा खतिवडा
हामीलाई चाहिएको छ रोजगारी, निस्शुल्क स्वास्थ्य र शिक्षा, सुविधा सम्पन्न सहर, त्यसैले संविधानरूपी कागजले मात्र के गर्ने  ?
रविन
संविधानले हाम्रो जीवनमा केही परिवर्तन ल्याउनुपर्‍यो  । त्यति बेला मात्र यो राम्रो सावित हुनेछ  । 
श्रद्धा खतिवडा
नयाँ संविधानले अथाह खुसी त दिएकै छ  । त्योभन्दा बढी छिमेकीका अघि देखाएको स्वाभिमानले खुसी दिएको छ मलाई  । 
दिल कमल
लामो समयदेखि दुस्ख दिइरहेको पिलो फुटेजस्तो भएको छ  ।
ग्वाँजे
जो सच्चा नेपाली छ उसलाई यो संविधान मन परेको छ  । जो देश राम्रो भएको हेर्न चाहँदैन उसलाई नराम्रो लागेको छ  । केही नेता तथा दलहरू सधैं विद्रोहमा मात्र विश्वास गर्छन्  । हामी त संविधान आओस्, देश विकास होस् भन्ने मानिस हौं  ।
विनोद खड्का
संविधानलाई कहिले नफल्ने धान भनिन्थ्यो अहिले फल्यो खुसी लागेको छ  ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects