मिस नेपाल यूएसलाई न्युयोर्कस्थित नेपाली दूतावासमा सम्मान


न्युयोर्क – नेपाल बिनासकारी भूकम्पको पिडामा रहेको अबस्थामा पुर्ननिर्माणको नारा
सहित गत अगष्टमा आयोजित पाचौँ मिस नेपाल प्रतियोगितालाई भब्य रुपमा सफल पार्न सहयोग
गर्ने विभिन्न ब्यक्तित्वलाई न्युयोर्कका लागि नेपालका महावाणिज्यदूत नारायणप्रसाद
मैनालीले न्युयोर्क वाणिज्य दूतावासमा आयोजित कार्यक्रमा सम्मान गरेका छन् ।
इभेन्ट प्लानेट , यूएसएको आयोजनामा भएको प्रतियोगितलाई सफल पार्न सहयोग गर्ने संघ,
संस्था, ब्यबसायी, कलाकार, सौन्दर्यकर्मी,
सचारंकर्मीलगायतलाई मैनालीले सम्मान पत्र प्रदान गरेका थिए ।
मैनालीले मिस नेपाल प्रतियोगिता अमेरिकामा रहेका नेपाली मूलका
युवतीको लागि क्षमता प्रदर्शनको थलो मात्र नभएर उत्सवको रुपमा समेत विकसित
भइरहेको जनाउदैँ मैनालीले आफूहरु प्रतियोगितालाई निरन्तर रुपमा सहयोग गर्न तयार
रहेको बताए ।
महावाणिज्यदूत मैनालीले मिस नेपाल यूएस प्रतियोगिताले अन्तराष्टियस्तरमा नेपाल
प्रबद्र्धन गर्न सहयोग पुगेको जनाउदैँ आगामी बर्ष यसलाई थप बृहत रुपमा
आयोजना गर्न सुझाव पनि दिए ।
कार्यक्रममा सिएनएन, फक्स न्युजमा काम गरिसक्नुभएकी नेपाली
मूलकी अमेरिकाकाकी प्रतिष्ठिन संचारकर्मी किरण
क्षेत्रीले आफूलाई मिस नेपालको एउटा भाग बन्न पाएकोमा हृदयदेखि नै खुसी
लागेको बताइन् ।
इभेन्ट प्लानेटका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत अमित शाहले अमेरिकामा
बसोबास गर्दै आएका नेपाली युवतीहरुलाई लक्षित गरी आयोजना
हुदै आएको मिस नेपाल यूएस विजेताले अब फिलिपिन्सको मिस ग्लोबलमा पनि सहभागिता जनाउने
बताए ।
सन् २०१५ को मिस नेपाल यूएस फिलिपिन्समा आयोजना हुने मिस ग्लोबलमा प्रतिस्पर्धा गर्न
त्यसतर्फ प्रस्थान गरिसकेको पनि शाहले जानकारी दिए ।
अमेरिकामा बसोवास गर्ने युवतीको ब्यक्तित्व विकासको लागि सन् २०११ देखि मिस नेपाल
आयोजना गर्दै आएको जनाउदैँ शाहले यसलाई आगामी दिनमा थप बृहत बनाउने जनाए ।
मिस नेपाल यूएस विजेता प्रिंयका थपलिया विशेष कारणले भाग लिन नपाएपछि यो बर्ष मिस डिसिप्लेन
विजेता सुनिता पुनले सहभागिता जनाउन लागेको जानकारी पनि प्रमुख कार्यकारी
शाहले दिए ।
यही अक्टोबर २४ र २५ तारिखमा फिलिपिन्समा आयोजना हुन लागेको मिस ग्लोबलमा ५०
भन्दा बढी राष्टको सहभागिता रहेको जनकारी दिँदै शाहले मिस यूएसको
उष्कृष्ट स्थानमा आउने विश्वास पनि प्रकट गरे ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects