लाहुरेले रनेकी श्रीमतीको हात समाएपछि.. (फोटोफिचर)

विजु महर्जन
काठमाडौं । मण्डला थिएटरमा अहिले नाटक ‘सरजमिन’ मञ्चन भइरहेको छ । अनामनगरस्थित
थिएटरमा १५ असोजदेखि मञ्चन सुरु भएको सरजमिन पुष्कर शमशेरको कथा ‘परिबन्द’ मा आधारित
छ । प्रवीण खतिवडाले निर्देशन गरेको सरजमिनलाई मण्डला थिएटरले अहिलेसम्म १०
पटक मञ्चन गरिसकेको छ । यस नाटकको कथावस्तु यस्तो रहेको छ, ओखलढुगांको एउटा गाउँमा
बनिबुतो गरेर जीविकोपार्जन गर्ने रनेको आफ्नै छिमेकी लाहुरेसँग झगडा
पर्छ । हाटबजारमा लाहुरेले रनेकी श्रीमती सेतीलाई
समातेर नाच्न खोजेकै कारण रनेले लाहुरेलाई नमारी छोड्दिन भन्छ । गाउँलेले रने र
लाहुरेलाई लड्न दिँदैनन् । साँझ घरमा सेतीले रनेलाई फकाउने प्रयास गर्छे ।
त्यही बेला एउटा किरो आइपुग्छ । स्वास्नीले ‘नमार नमार’ भन्दाभन्दै रनेले
कीरा मार्छ । संयोगवश त्यतिबेलै कसैले छिमेकी लाहुरेको हत्या गर्छ ।
लाहुरेको घरबाट आवाज आएपछि रने त्यतैतिर लाग्छ, तर रनेले राम्ररी ठम्याउन नपाउँदै
हत्यारा फरार हुन्छ ।
अब रनेको मनमा अनेक शंका, उपशंकाले घेर्न थाल्छ । उसलाई आफ्नै मनको बाघले खान्छ र
गाउँबाट भाग्दा बाटोमा प्रहरीले पक्रन्छ । रनेलाई गाउँको कचहरीमा
सरजमिनका लागि उभ्याइन्छ । सेतीबाहेक अन्य सबै साक्षीको बयानले
रनेलाई नै दोषी ठहर गर्छ, यसरी एउटा निर्दोष रने परिबन्दमा पर्छ ।
सरजमिनमा विजय बराल, सोमनाथ खनाल, विकास जोशी, विनिता गुरुङ, रोहित पौडेल, बुद्धि
तामाङ, सुलक्षण भारती, उमेश तामाङ, रञ्जना ओली अभिनयमा उत्रेका छन्
। हरेक साँझ ५ः१५ बजे मञ्चन हुने सरजमिन ३० असोजसम्म चल्ने मण्डला थिएटरले जनाएको
छ ।
प्रस्तुत छ, रातोपाटी सहकर्मी बिजु महर्जनको क्यामेरामा कैद सरजमिनका
केही झलक :

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects