चलचित्रका लागि तोडियो झन्डै ३ अर्बको कार


(एजेन्सी) बन्ड सिरिजको नयाँ चलचित्र स्पेक्टरका प्रमुख स्टन्ट को ओर्डिनेटर
ग्यारी पावेलले यस चलचित्र निमार्णका क्रममा स्टन्टका लागि मात्रै २४ मिलियन
पाउन्डको स्पोर्टस् कार एस्ट मार्टिन डिबी १० लाई नस्ट गर्नुपरेको खुलासा गरेका छन् ।
उनले इभेन्ट म्यागेजिनसँग कुराकानी गर्दै भनेका छन्, हामीले स्पेक्टरमा
कार तोड्ने नयाँ किर्तिमान बनाएका छौँ ।
उनले केवल ४ सेकेन्डको दृश्यका लागि समेत पुरै रात सुटिंग गर्नुपरेको बताएका छन् ।
इटलीमा सुटिंग गर्दाको समयमा ७ वटा एस्टन मार्टिन डिबी १० स्पोर्टस् कार
नष्ट गरिएको उनले बताएका छन् । स्पेक्टरअघि फयूरियस ७ मा यसैगरी
लक्जरी कारहरु नस्ट गरिएको थियो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects