गायिका अञ्जु पन्तको जीवनमा धेरै उतार चढाव आयो । अञ्जुले केही समय अगाडिसम्म नेपाली
चलचित्र र आधुनिक गीतसंगीतमा एक छत्र राज गरेकी थिइन् ।
उनै अञ्जु पारिवारिक समस्यामा परिन् । गायक तथा संगीतकार मनोरराजसँग उनको दाम्पत्य
जीवन पनि ट्टुयो । यसपछि अञ्जु धर्मका कारणले विवादमा परिन् । अञ्जुले धर्मका बिषयमा
दिएका विभिन्न खालका बयानहरु मिडियामा सार्वजनिक भएपछि उनको चर्को आलोचना
भयो ।
विस्तारै यो कुरा सेलाउँदै गएपछि अञ्जु फेरि पुरानै स्थान खोजिरहेकी छिन् । अञ्जु अहिले आफू
एक्लै हिडि्दिनन् । अञ्जुले आफ्नी छोरीलाई पनि लिएर निस्कन थालेकी छिन् । सोमबार
आयोजना भएको एक कार्यक्रममा फरक स्टाइलमा देखिएकी अञ्जुले छोरीलाई समेत परिचय
गराउँदै थिइन् ।
धेरैले आमा भन्दा छोरी ठूली भइछन् भन्दै रमाइलो गरेका थिए । गायिका अञ्जु पन्तले आफ्नो दुबै
मृगौला फेल भएको भनेर आएका समाचार पनि गलत भएको बताइन् । उनले भनिन्-‘म सबैको
आर्शिवादले एकदमै ठिक छु । मेरो दुबै मृगौला फेल भयो भनेर आएका खबर झुटो हुन् ।’
गायिका पन्तले कार्यक्रममा पुग्दा नक्कली कपाल लगाएकी थिइन् भने उनको स्टाइल पनि
बदलिएको थियो ।



0 comments:
Post a Comment