नायिका स्वेता खड्काले नायक श्रीकृष्ण श्रेष्ठलाई संझदै उनको आत्मा खुशी भएको बताएकी
छिन् । काठमाण्डौमा सोमबार सम्पन्न ‘तेश्रो इनास अवार्ड’मा श्रीकृष्णलाई प्रदान गरिएको
‘अमर तारा’ सम्मान ग्रहण गर्दै उनले भनिन्-‘यदि उहाँले कतैबाट यो हेरिरनुभएको छ भने उहाँको
आत्मा खुशी भएको छ भन्ने मलाई लागेको छ । म यो उहाँलाई शेयर गर्न चाहन्छु ।’
नायिका खड्काले आफूलाई यस्तै माया, हौसला र साथ दिन आग्रह गर्दै भनिन्-‘मलाई यस्तै हिम्मत
दिनुहोस् । म उहाँले जस्तै काम गर्ने कोशिश गर्नेछु ।’
नायिका खड्काले श्रीकृष्णको कामलाई यती धेरै सम्मान र माया दिएको भन्दै आयोजकलाई
धन्यवाद दिइन् । यो क्षेत्रमा श्रीकृष्ण भएकाले आफूले पनि बोल्न सक्ने हिम्मत पाएको स्वेताको
भनाई थियो ।
श्रीकृष्णले आफ्नो अन्तिम अवस्थामासम्म काम गरेर नेपाली चलचित्रलाई ‘कोहिनुर’ जस्तो
चलचित्र कोशेली छाडेर गएको उनको भनाई थियो । स्वेताले आफू फेरि पनि चलचित्र क्षेत्रमा
काम गर्न चाहेको भन्दै श्रीकृष्णको जस्तै काम गर्ने प्रण गरेकी छिन् ।



0 comments:
Post a Comment