काठमाडौं । सुदर्शन थापाको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रेमगीत’ को टिजर
सार्वजनिक भएको छ । गीतमा नायिका पूजा शर्माले नयाँ नायक प्रदिप खड्कासंगै प्रेमगीत
गाउने प्रयास गरेकी छिन् ।
युवा पुस्ताको कथामा बनेको ‘चंखे शंखे पंखे’को सफलताले उत्साहित आसुसेन फिल्मसको दोश्रो
प्रस्तुति स्वरुप निर्माण भएको ‘प्रेमगीत’ आउँदो भ्यालेनन्टाईनमा प्रदर्शन हुने भएको छ ।
सन्तोष सेनले निर्माण गरेको यस फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ भने सुगम पोखरेल र अन्जु
पन्तले स्वर दिएका छन् ।
प्रेमकथामै आधारित फिल्म ‘मेरो एउटा साथी छ’बाट उत्कृष्ट निर्देशकको अवार्डसमेत
जितिसकेका निर्देशक सुदर्शन थापा प्रेमगीत आफुले बनाएको मध्ये उत्कृष्ठ फिल्म भएको बताउछन्
।



0 comments:
Post a Comment