सोनमलाई अप्ठ्यारो पर्यो

पिताका साथीसँग नायिकाका रूपमा रोमान्स गर्नुपर्दा अभिनेत्री सोनम कपुरलाई अप्ठ्यारो
लागेको थियो रे, स्वभाविक पनि हो । सलमान खान र सोनम पिता अनिल कपुरबीच तत ममको सम्बन्ध
छ । यस्तो अवस्थामा पर्दाकै लागि सही, सोनमले सलमानलाई प्रेमी मानेर लभ सिन्समा
रोमान्स गर्न असहज अनुभव गरेकी थिइन् ।
सुरज बडजात्याको प्रदर्शोन्मुख चलचित्र प्रेम रतन धन पायोको प्रवद्र्धनका क्रममा सोनमले भनिन्– म
नर्भस थिए, तर म उत्तिकै एक्साइटेड पनि थिए, यो चलचित्र र सलमानकी नायिका बन्न पाउँदा मलाई
गर्व महसुस भैरहेको थियो । निर्देशक सुरजले सम्पूर्ण सुटिङ टिम परिवार भएको बताएपछि आफूले
केही सहज महसुस गरेको सोनमले बताइन् । सलमानले पनि एकदमै स्वभाविक तवरले खुलेर
छलफल गरेपछि उनको डर घट्यो र आत्मविश्वास बढ्यो । चलचित्रमा सोनम परम्परागत लुक्समा देखिनेछिन् ।
आफू सलमानको डाइहार्ट फ्यान भएको बताउने सोनम सलमानलाई आफू उनको कति ठूलो फ्यान हुँ भन्ने कुरा
थाहा नभएको उल्लेख गर्छिन् । सोनम भन्छिन्– सलमान अखबार नै पढ्दैनन्, त्यसैले म उनको पागल फ्यान
हो भन्ने उनलाई जानकारी छैन ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects