नन्दिताको सेक्स टिप्स


नायिका नन्दिता केसीले आफू हालसम्म कुमारी अर्थात् भर्जिन रहेको दाबी
गरेकी छिन् । नायिका केसीले चलचित्र पत्रिका कामनालाई अन्तर्वार्ता दिँदै
स्त्री–पुरुषबीच हुने प्रेममा हालसम्म नपरेको दावी गर्दै यौनका बारेमा भने
मुख खोलेकी छिन् ।
कामनाका सम्पादक विदुर गिरीलाई केही समयअघि अन्तर्वार्ता दिँदै नन्दिताले
भनेकी छिन्— ‘म भर्जिन छु । सानैदेखि रिलेसनमा बस्न मन लागेन । म यौनका लागि विवाह कुरेर
बसेकी छु । म हण्ड्रेड पर्सेन्ट भर्जिन छु ।’ नन्दिताका अनुसार ‘यौनका बारेमा पूरै कुरा बुझ्ने
भएपछि मात्र त्यस्तो रिलेसन राख्नु बेस हुन्छ ।’ ‘यौन प्रकृतिले दिएको देन हो,’ नन्दिता भन्छिन्—‘यौनले
वैवाहिक जीवनलाई अझ सुन्दर बनाउँछ तर अहिलेका युवाहरू धेरै फरवार्ड छन्, यौन सस्तो भएको
छ ।’ उक्त अन्तर्वार्तामा नन्दिताले यौनका बारेमा केही टिप्ससमेत दिएकी छिन् । उनको
सुझाव छ— ‘यौनका लागि शान्त र गोप्य ठाउँ हुनुपर्छ, जहाँ कसैले पनि डिस्टर्ब नगरोस् । बुद्धि नपुर्याई
गरिएको यौनसम्पर्क असुरक्षित मात्र होइन, अमर्यादित पनि हुन्छ ।’ नन्दिताले चलचित्रमा देखाइने यौनजन्य
दृश्यप्रति टिप्पणी गर्दै भनेकी छिन्— ‘कतिपय चलचित्रमा यौन दृश्य आवश्यक
हुन्छ तर कतिपयमा जबरजस्ती राखिएको हुन्छ जसले गर्दा दर्शकमा रोमाञ्चकता छाउनुको साटो
वितृष्णा बढ्ने गरेको छ ।’

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects