अशिष्मालाई लामो पहिरन भयो हैरानी, तान्ने कि सम्हाल्ने ?


चलचित्रको प्रिमियरमा नायिकाहरु आकर्षक देखिन कुनै कसर बाँकी राख्दैनन् । झन्, आफू
अभिनित चलचित्रको प्रिमियर भएको खण्डमा त नायिकाहरुलाई पहिरनमा झनै बढी ध्यान
दिनुपर्ने हुन्छ ।
नायिका अशिष्मा नकर्मी पनि आफू अभिनित चलचित्र अधकट्टीको प्रिमियरमा आकर्षक बनेर
पुगिन् । उनले प्रिमियरका लागि भनेर उत्तम क्रियशनबाट वन पिस लामो पहिरन तयार पारेकी
थिइन् ।
तर, माथि केही खुलेको र तल भूइसम्म लत्रेको उनको पहिरनले उनलाई साथ दिएन । चलचित्रको रेड
कार्पेटमा त अशिष्मालाई पहिरन माथि तान्दै हैरान भयो ।
तस्बिरमा पनि उनले पहिरन तान्दै गरेको देख्न सकिन्छ । यसपछि, जब चलचित्रको विशेष कार्यक्रम
कुमारी हल भित्र गरियो, अशिष्मा स्टेजमा चढिन् । तर, जब उनको लामो पहिरन झुक्किएर अर्की
नायिका रिस्ता बस्नेतले टेकिदिइन्, यसपछि उनलाई हुनुसम्म हैरानी भयो । लामो तर कसिलो
पहिरन च्यातियो । यसपछि भने उनलाई च्यातिएको भागमा खिप लगाउन नै हैरान भयो ।
अशिष्मालाई नायिकाहरुले खिप लगाउन सहयोग गरिदिए । कहिलेकाही पहिरनले धोका दिने
गरेको घटना पहिलो भने होइन । अशिष्मालाई पनि यस्तै भयो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects