ज्याकीकी छोरी भन्छिन्-‘मैले केही देखाएकी छैन, कसरी भएँ टपलेस’ ?

बलिउड नायक ज्याकी श्राफकी छोरी कृष्णा श्राफले आफ्नो इन्स्ट्राग्राममा टपलेस फोटो शेयर गरिरहेकी छिन् । उनको तस्बिरमा मिडियाको आँखा पनि खुबै लागेको देखिन्छ । यस बिषयमा कृष्णाले आफ्नो मौनता तोडेकी छिन् ।

एक अंग्रेजी पत्रिकाका अनुसार कृष्णाले यस्ता समाचार आउनुको पछाडि आफू ज्याकी श्राफकी छोरी र टाइगर श्राफकी बहिनी हुनु रहेको बताएकी छिन् ।

उनले आफू टपलेस भएको भन्ने कुरालाई पनि नकारेकी छिन् । कृष्णाले भनिन्-‘मलाई टपलेस भयो भन्ने शब्दमा नै आपत्ती छ । टपलेस हुनुको अर्थ निप्पल देखाउनु हुन्छ । तर, मैले त्यस्तो कुनै काम गरेकी छैन ।’
उनले आफूलाई यस्ता कुराले कुनै फरक नपर्ने पनि बताएकी छिन् । बारम्बार माथिल्लो भागमा कपडा नलगाएर तस्बिर शेयर गर्दै कृष्णा चर्चामा छिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects