कागारगारमा बन्दी जीवन बिताइरहेकी एक युवतीलाई राष्ट्रपति रामवरण यादवले आममाफी दिए

फलेवास (पर्वत), ६ असोज । कर्तव्य ज्यान मुद्दामा जेल चलान भई पर्वत जिल्ला
कागारगारमा बन्दी जीवन बिताइरहेकी एक युवतीलाई राष्ट्रपति रामवरण यादवले
आममाफी दिनुभएको छ ।
राष्ट्रपति डा यादवले नयाँ संविधान जारी भएको तथा बडादसैँ २०७२ का
उपलक्ष्यमा संशोधित कारागार नियमावलीबमोजिम कैद भुक्तान हुन बाँकी रहेका
६१० जनाको बाँकी कैदको माफी दिनुभएकोमा पर्वत जिल्ला कारागारबाट एक
जनाले माफी पाएकी हुन् ।
तनहुँ घर भई कर्तव्य ज्यान मुद्दामा जेल चलान भएकी क्षीमा रानाले कैदमाफी
पाएकी हुन् । उनी दुई वर्षअघि कारागार सरुवा भई पर्वत आएकी थिइन् । उनले
यसअघि ५० प्रतिशत कैद भुक्तान गरिसकेकी छिन् ।
पर्वत जिल्ला कारागारमा रहेका ६० जना पुरुष र सात जना महिला बन्दीमध्ये
रानाले मात्र आममाफी पाएको जिल्ला कारागारमा सुरक्षार्थ खटिएका प्रहरी
हवल्दार सोमलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अन्यको भने
माफी हुन सकेको छैन ।
गत सोमबारको मन्त्रिपरिषद्को बैठकले ४० प्रतिशत कैद भुक्तान वा ६५ वर्ष उमेर
पुगेका आधारमा कैद मिनाहा गर्ने व्यवस्थासहित ‘सजाय माफी, मुलतबी, परिवर्तन
वा कम कार्यविधि, २०७१’ संशोधन गरेको थियो । यसमा गम्भीर अपराधबाहेकका
कैदीलाई माफी दिइएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects