प्रियंकाको ‘ब्लास्ट हुनेवाला छ जवानी’

दसैंले छोइसकेको अवस्थामा चलचित्रका निर्माताहरु पनि आफ्ना चलचित्रका गीत सार्वजनिक गर्न तछाडमछाड गरिरहेका छन् । शनिबार र आइतबार मात्र ४ वटा चलचित्रका गीत सार्वजनिक गरिएको छ ।

कात्तिक २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘लुटेरा’को ‘ब्लास्ट हुनेवाला छ मेरो जवानी’ बोलको गीत सार्वजनिक गरिएको छ । एक्सनप्रधान यो चलचित्रको आइटम गीतमा नायिका प्रियंका कार्कीले नृत्य गरेकी छिन् ।

कुमार विवाहितको शब्द , बसन्त सापकोटाको संगीत, शशी रावलको स्वर रहेको यो गीतले चर्चा पाउने विश्वासमा छन् प्रस्तुतकर्ता गोपाल कायस्थ ।

चलचित्रमा भने कलाकारहरु निखिल उप्रेती, सविन श्रेष्ठ, निशा अधिकारी, हषिर्का श्रेष्ठ, अनुभव रेग्मीको मुख्य भूमिका छ । दयाराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रलाई बसन्कुमार श्रेष्ठ र टीसेरिङ दोर्जे लामाको लगानी छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects