रंगहरूको संगीत (कथा)

- छुक्छुक्–छुक्छुक् छुटिरहने जीवनको लिक समात्न कुनै स्टेसन ताकिरहेका हजारौँ यात्री बोकेर मिथिला एक्सप्रेस कलकत्ताबाट रक्सौलतिर दौडिरहेछ रफ्तारमा । रेल यात्रामा मलाई सधैँ आफ्नो मनको रफ्तार नाप्न मज्जा लाग्छ । रेल छुट्नुभन्दा धेरै अघि छुटिसक्छ मन । रेल रोकिएको स्टेसनभन्दा धेरै अघि पुगिसक्छ मन ।  सामुन्ने बर्थमा क्याण्डी क्रस खेलिरहेको कवि निमेष निखिललाई भन्छु, ‘ए निमेष, चितवन फर्किएपछि कुनै सार्वजनिक पर्खालमा कला सिर्जना गर्ने सपनाले सताइरहेछ । तँ के भन्छस् ?’ ‘भन् न निमेष, कसो होला ?’ म कोट्याएरै सोध्छु उसलाई ।  ‘गजब हुन्छ । तँ चितवनमा चित्र कोर, म हेटौँडा रंगीन बनाउँछु ।’ आफ्नो ब्रान्डको मुलायम बोली र चोसो निकालेर निमेष मलाई हौसाउँछ ।  चितवन फर्किएको दुई दिनपछि सगुन टेन्ट हाउस छिरेँ गजलकार प्रभाकर पण्डितलाई भेट्न । कलकत्ता यात्राका कुरा भए । मैले प्रभाकर पण्डितसँग पर्खालमा कला सिर्जना गर्ने सपना सुनाएँ । सन २०११ मा अमेरिकाको बाल्टीमोरमा यसरी नै कलाले सिंगारिएका पर्खालहरू देखेर यताका पर्खालमा कला सिर्जना गर्ने सपनाको बीजारोपण भएको थियो । अचम्म भो, उहाँले सहयोगको पहिलो बोली लगाइहाल्नु भो । म आत्तिएँ ।  कवि कुनामा कवि ईश्वर कँडेलसँग यही कुरा गरेँ । दोस्रो बोली आइहाल्यो । म अझ आत्तिएँ । एक मनले भन्यो, ‘ला फसिस् अब ।’ अर्को मनले चुनौती स्वीकार गर्न आदेश दियो ।  अक्षर समूहको बैठकबाट ‘पर्खालमा कला अभियान’ पारित भएपछि फेसबुकमा राख्यौँ । प्रयास नेपालका अमर घिमिरे, कवि सुमन घिमिरे, गायकर संगीतकार सहन प्रधान, कवि सरिता तिवारी, एच लामा, द्वारिका नेपाल आदिबाट सहयोग रकम जुटिहाल्यो । अक्षर समूहकै साथीहरूबाट सिड मनी जम्मा गर्यौँ । देश विदेशबाट सहयोगका निम्ति हातहरू बढ्न थाले । लाग्यो, अभियानको अवधारणा नयाँ भएकाले यसले धेरैलाई आकर्षित गर्यो ।  यद्यपि गतिलो कला सिर्जना गर्ने सीप हामी कविहरूसँग कहाँ हुनु ? अभियानले कुशल चित्रकारहरूको मेहनत माग गथ्र्यो । अब कसलाई पो भन्नु ? हामी अर्को तनावमा फस्यौँ । आफैले छानेको तनाव । अनायास चित्रकार मनिष हरिजनलाई सम्झिएँ, जसलाई मैले गाउँको स्कुलमा पढाउने अवसर पाएको थिएँ, जो अहिले युवावयमै चर्चित कलाकार बनिसकेका छन् ।  म दुनियाँको त्यस्तो अभागी गुरु हुँ, जसले आफ्नो विद्यार्थीसँग गुरुदक्षिणा मागेको छ । मनिषलाई फेसबुक सन्देश लेखे

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects