अमेरिकी फेसन विकमा नेपाली मोडल


अमेरिकामा सम्पन्न हुने ‘यूनाइटेड नेशन्स फेसन विक’ मा नेपाली मोडल तथा कोरियाग्राफर दीपक घिमिरेले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । कात्तिक ३ गतेदेखि ९ गतेसम्म न्यूयोर्कमा सम्पन्न हुने फेसन विकमा नेपालसहित विश्वका १ सय २० देशले सहभागिता जनाउँदैछन् । नेपालमा थुप्रै फेसन शोमा क्याटवाक गरिसकेका दीपकले फेसन विकको चौथो तथा अन्तिम सिक्वेन्समा नेपाली मोडलको रुपमा डिनाइनर वेयर प्रदर्शन गर्नेछन् । पाँच दिनको समारोहको यस पटकका थीम ‘क्याटवाक टु एजुकेट अ चाइल्ड’ राखिएको छ । समारोहमा फेसन रनवे, प्रदर्शन, एवार्ड वितरण, सुपरमोडलको खोजी, च्यारिटी कन्सर्ट, फेसन एवार्ड, डिनर तथा फेसन बल समावेश हुनेछन् ।
लामो समयदेखि र्याम्प मोडलिङ, विज्ञापन तथा सौन्दर्य प्रतियोगिता समेत आयोजना गर्दै आएका दीपक पछिल्लो समय कोरियोग्राफीमा वढि सक्रिय छन् । काठमाडौं तथा मोफसलसम्म पुगेर दीपकले बालबालिका केन्द्रित प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिताहरु समेत सञ्चालन गरिसकेका छन् । फेसक विकमा सहभागिता जनाएर करिव एक महिनापछि स्वदेश फर्किने दीपकले बताएका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects