‘द युगदेखि युगसम्म’वाट अभिनयमा डेब्यु गरेकी थिईन् नायिका अनु शाहले । यो विचमा डेढ दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् उनले । पछिल्लो पटक चलचित्र ‘भैरव’मा अभिनय गरेकी अनु म्युजिक भिडियोमा पनि उत्तिकै सक्रिय छिन् ।
अनलाइनखबरमा हरेक शुक्रवार प्रकाशित हुँदै आएको ‘सेलीब्रेटी फेशन’ स्तम्भ अन्र्तगत उनीसँग गरिएको कुराकानी :
तपाईं कत्तिको फेसनेबल हुनुहन्छ ?
ठिकै । अलिकती फेशनेवल त हुन परिहाल्यो । त्यसो भन्दैमा असाध्यै फेशन गर्ने केटी पनि होईन ।
मन पर्ने पहिरन के-के हुन् ?
प्राय त टिसर्ट र पाईन्ट मन पर्छ ।
मन नपर्ने पनि छ ?
मन नपर्ने त छैन ।
लुगा किन्दा के के कुरामा ध्यान दिनुहुन्छ ? कत्तिको ब्रान्ड कन्सस हुनुहुन्छ ?
ब्राण्ड भन्दा पनि आफुलाई कस्तो सुहाउँछ त्यसमा ध्यान दिन्छु । ब्राण्डको वारेमा वास्तै नगर्ने भने होईन ।
बजारमा आएका नयाँ-नयाँ फेसनबारे कसरी जानकारी लिनुहुन्छ ?
पत्रपत्रिका पढेर, टिभी हेरेर पनि थाह पाउन सकिन्छ । बुटिकहरुमा गईरहनुपर्छ । त्यहाँवाट पनि जानकारी लिने गरेकी छु ।
विदेशी सेलिब्रिटीको फेसन कत्तिको नक्कल गर्नुहुन्छ ?
मैले अहिलेसम्म कुनै पनि सेलीब्रिटीको नक्कल गरेको छैन । म त्यस्तो गर्न चाहन्न पनि ।
तपाईंलाई कस्तो रंगको लुगा सुहाउँछ ?
मेरो स्पेशन कलर रातो हो । मलाई चम्किलो रंगको ड्रेसअप मनपर्छ ।
तपाईसँग लुगा कती जोर होला ?
ठ्याक्कै गनेकी छैन । तीनवटा दराज लुगै लुगाले भरिएको छ ।
सारी लगाउन कत्तिको मन पर्छ ?
मनपर्छ । तर, सारी लाउन विषेश कार्यक्रम हुनुपर्छ ।
छोटा लुगामा रुची ? मिनिस्कर्ट लगाउनु भएको छ ?
लगाएकी छु । तर, सुटिङमा मात्रै । मलाई छोटो लुगाप्रति त्यस्तो रुची छैन ।
लुगा किन्दा कतिसम्म बार्गेनिङ गर्नुहुन्छ ?
छुट कती छ भनेर सम्म सोध्छु । बार्गेनिङ भने खासै गर्दिन ।
बजारमा लुगा छनोट गर्न कती समय लाग्छ ?
छान्न त टाईम लाग्छ । तर, कुनै एउटा पसलमा छिरेपछि केही न केही नकिनी निस्कन्न ।
लुगा किन्न एक्लै जानुहुन्छ कि अरुलाई पनि लैजानु हुन्छ ?
कहिले एक्लै जान्छु । कहिले साथीसँग जान्छु । एक्लै जाँदा भन्दा साथीसँग जाँदा बढी रमाईलो हुन्छ । किनभने त्यसरी जाँदा मलाई कस्तो देखियो भन्दै सोध्न पाईन्छ ।
आफू बाहेक अरु कसका लागि लुगा किनिदिनुहुन्छ ?
ममी, बाबा, भाईहरुका लागि किनिदिन्छु ।
तपाईंको नजरमा केटीहरुले लगाउने सबैभन्दा सेक्सी लुगा के हो ?
सबैभन्दा सेक्सी डे्रस सारी नै हो । सारी जस्तो सेक्सी लुगा मैले अरु देखेकी छैन ।
सारी लाउन कति वेर लाग्छ ?
मलाई त खासै समय लाग्दैन । ५ मिनेटमा नै तयार हुन्छु ।
लुगामा आइरन आफैं गर्नुहुन्छ कि अरुले ?
गर्छु । तर, त्यती जाँगर लाग्दैन ।
जुत्ता र ड्रेसअपको सेट कसरी मिलाउनुहुन्छ ?
प्राय टिसर्ट र पाईन्ट लगाउने भएकाले टिसर्टको कलर अनुसार जुत्ताको कलर मिलाउछु ।
तपाईंसँग कति जोडी जुत्ता छन् ?
खै थाहै छैन । गन्नै पर्छ



0 comments:
Post a Comment