दुलाहा बने आर्यन, बिहे मण्डपबाटै प्रेमिकाले भगाइन्(फोटो फिचरसहित)


चलचित्रको पर्दामा कतिपय अपत्यारिला कुरा पनि देख्न पाइन्छ । निर्देशक शिवम्
अधिकारी अहिले यस्तै एउटा कथालाई पर्दामा ल्याउने तयारीमा छन्, जसमा नायकलाई
नायिकाले बिहे मण्डपबाटै भगाउछिन् । नेपाली समाजमा यस्तो घटना विरलै सुनिन्छ ।
प्रसंग हो, कात्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुश्री’को । यो
चलचित्रमा सोझो युवाको भूमिकामा देखिएका नायक आर्यन सिग्देललाई बिहे
मण्डवबाटै नायिका आशिका तामाङले भगाएकी छिन् ।
अर्की नायिका सुरविना कार्कीसँग बिहे हुन लाग्दा आर्यनलाई आशिकाले मण्डपबाटै
भगाएकी हुन् । निर्देशक अधिकारी चलचित्र भित्रका कमेडी दृश्यले दर्शकलाई पूर्ण
मनोरञ्जन दिने बताउँछन् ।
आशिका फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले दशैमा दर्शकलाई स्वस्थ
मनोरञ्जन दिने विश्वास यसको निर्माणपक्षको छ ।
करिब ७ महिनापछि आर्यनको चलचित्र पर्दामा आउन लागेकाले पनि यसको
निर्माणपक्ष आर्यनलाई नै मुख्य हतियार मान्दै प्रचारमा उत्रिएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects