कात्तिक १ गतेबाट लाग्यो त हलमा ई- टिकटिङ ?


बोर्ड अध्यक्ष भन्छन्-'तेल अभावले काम गर्न ढिला भयो'
चलचित्र
विकास
बोर्डले
कात्तिक
१ गतेबाट
काठमाण्डौ
भित्रका
सम्पुर्ण
हलमा
अनिवार्य
रुपमा ई-
टिकटिङ
लागू गर्नु
पर्ने भन्दै
केही
महिना
अगाडि
निर्णय
गरेको
थियो ।
बोर्डले
कात्तिक १ गतेबाट उपत्यकाका र माघ १ गतेबाट मोफसलका हलमा यो व्यवस्था लागू गर्नुपर्ने भन्दै
निर्णय गरेको थियो ।
तर, कात्तिक ९ लाग्दा समेत बोर्डले लगाउने भनेको यो व्यवस्था काठमाण्डौका विशेषगरि सिंगल
हलमा देखिएको छैन । काठमाण्डौका केही मल्टिप्लेक्समा ई-टिकटिङ सुरुवात देखि नै भएपनि
गोपीकृष्ण, गुण, अष्टनारायण जस्ता हलमा यो व्यवस्था छैन । साथमा विश्वज्योती, कलंकी
लगायतका हलमा पनि टिकटको व्यवस्था छ । केही हललाई छाड्ने हो भने अधिकांश हलमा यस्तो
व्यवस्था छैन ।
दर्शकले कागजी टिकट काट्दा निर्माताले सही व्यापार थाहा नपाउने गुनासो पनि आउँदै गरेको
छ । जसका कारण निर्माता ठगिएको गुनासो पनि आउने गरेको पाइन्छ । चलचित्र विकास
बोर्डको अध्यक्षमा राजकुमार राई नियुक्त भएसँगै उनले बक्स अफिस लगाउँछु भन्दै आएका हुन् । तर,
पछि तत्काल ई-टिकटिङको व्यवस्था गर्ने निर्णय भएको थियो ।
यस बिषयमा वुझ्न खोज्दा अध्यक्ष राइले धेरै कुरा अगाडि बढिसकेको बताए । उनले तेल अभावका
कारणले गर्दा पनि हलमा काम गर्न समस्या आएको जानकारी दिएका छन् । उनले केही हलमा
बोर्डले पनि सहकार्य गर्नुपर्ने अवस्था आएको भन्दै चाडै नै यो व्यवस्था लागू गरेर छाड्ने बताएका
छन् । उनले आफूले बोलेको कुरा भएकाले जसरी पनि लगाउने दाबी गरेका छन् ।
संयोजक सुरेश दर्पण  पोख्रेल अमेरिकामा रहेकाले पनि काम गर्न बोर्डलाई केही अप्ठ्यारो भएको
छ । चलचित्र विकास बोर्डले निर्णय गरेको यो व्यवस्थाप्रति चलचित्र संघ पनि सकारात्मक
देखिएको बोर्ड अध्यक्ष राइको भनाई छ ।
तर, कात्तिक १ गतेबाट काठमाण्डौमा लाग्ने भनिएको ई-टिकटिङ प्रक्रिया अगाडि बढ्न सकेको
छैन । अध्यक्ष राइ डेढ महिना भित्र यो व्यवस्था लागू हुने दाबी गर्छन् । के निर्माताले चाहेको यो
व्यवस्था निर्माता संघका अध्यक्ष समेत रहेका राजकुमार राइले लागू गर्न सक्लान्, प्रतिक्षा
सबैलाई छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects