पुरुषभन्दा महिलाहरू किनमेलमा बढी अग्रसर हुन्छन्, किन ?

घरको सबै दायित्व महिलाहरूले हेर्नुपर्छ । आफ्नो घर कसरी र कतिले चलाउनुपर्छ भन्ने
कुरा पनि महिलालाई मात्र थाहा हुन्छ, अनि किनमेलमा अग्रसर हुनु परेन त ?
अरुणा कार्की, रंगकर्मी
पुरुषलाई किनमेल गर्न पठायो भने त्यही बहानामा साथीभाइहरूसँग चियापान गर्दै
अल्मलिन्छन् । पुरुषले आफ्नो अहम्का कारण मोलतोल गर्दैनन् र सस्तोमा पाइने
सामान पनि महँगोमा ल्याउँछन्, रोज्न जान्दैनन् । त्यस्तै पर्यो भने कान्छी पनि
ल्याउन पछि पर्दैनन् भन्ने डरले महिलाहरू नै किनमेलमा अग्रसर भएका हुन् भन्ने मेरो
ठम्याइ छ ।
सन्तोष खनाल, हास्यकलाकार
पुरुषको तुलनामा महिलालाई आफ्नो सुन्दरता मेन्टन गर्न बढी सौन्दर्य सामग्रीको
आवश्यकता पर्छ । बजारमा उनीहरूको सौन्दर्य वृद्धि गर्ने पहिरनदेखि श्रृंगार
प्रसाधनसम्मका अनेकौं विकल्प उपलब्ध छन्, त्यसैले पनि महिलाहरू पुरुषको तुलनामा
किनमेलमा बढी अग्रसर हुन्छन् ।
विशाल भण्डारी, भिडियो निर्देशक
प्राकृतिक रूपमा पनि महिला पुरुषभन्दा फरक हुन्छन् । स्वभावले पनि उनीहरू
काममा बढी अग्रसर हुन्छन् । किनमेल गर्नु पनि काम नै हो, त्यसैले महिलाहरू पुरुषको
तुलनामा बढी किनमेल गर्छन् । किनमेल गर्दा उनीहरू आफ्ना लागि मात्र होइन्,
परिवारका सबै सदस्यको आवश्यकतामा ध्यान पुर्याउँछन् ।
निशा देशार, गायिका
महिलाहरूलाई घर तथा पारिवारको आवश्यकताका बारेमा जति जानकारी हुन्छ,
त्यति पुरुषलाई हुँदैन । पुरुषहरू किनमेलमा त्यति ध्यान दिँदैनन् ।
लक्ष्मी बस्नेत, कोरियोग्राफर
महिलाहरूलाई मोलतोल गर्न आउँछ र सपिङको आइडिया पनि पुरुषहरूलाईभन्दा बढी
नै हुन्छ । अनि अग्रसर हुनु परेन त ?
एलिजा बस्नेत, मोडल
खै कुन्नी ?
निश्चल बस्नेत, निर्देशक
नारी आफैंमा श्रृंगार र सौन्दर्यकी खानी हुन् । नारीले सजावटमा पनि बढी नै
ध्यान पुर्याउँछन् । उनीहरू घरेलु आवश्यकताका सम्बन्धमा पनि पुरुषभन्दा बढी
जानकार हुन्छन् त्यसैले पनि किनमेलमा अग्रसर हुन्छन् ।
नम्रता योगी, मोडल
पुरुषहरूको दाँजोमा महिलाहरूले प्रयोग गर्ने सामग्री बजारमा धेरै पाइन्छन् । त्यसैले
उनीहरू आफूले कमाएको मात्र नभै विवाहअघि बाबु र विवाहपश्चात् श्रीमान्ले
कमाएको पैसा उडाउन अग्रसर हुन्छन् ।
डिजे गणेश
आफैं कमाइ गर्ने महिलाहरू किनमेललाई सोख बनाउँदैनन् । अरुको कमाई उडाउने
मौका त पुरुषले पनि छाड्दैनन् । हामी पुरुषले यति बुझ्नु पर्छ कि हामीले आफ्नी
प्रेमिका वा श्रीमतीलाई जति धेरै किनमेल गराए पनि अन्तत: धन्यबाद पसलेलाई नै
भन्छिन् ।
शिशिर भण्डारी, कलाकार
महिलाहरूको स्वभाव नै चुजी हुन्छ । उनीहरू हरेक प्रकारका सामान छान्न माहिर
हुन्छन् र बार्गेनिङ गर्न पनि सक्षम पनि ।
रामबाबु गुरुङ, निर्देशक
महिलाहरू सामानको पारखी हुन्छन् । विशेषगरी विवाहित महिलाहरूमा
श्रीमान्ले किनमेल गर्दा नराम्रो र महँगो सामान किन्छन् भन्ने डर हुन्छ, त्यसैले
सामान किन्न उनीहरू आपैंm अग्रसर हुन्छन् ।
सुशील पोखरेल, निर्माता
सामानको गुणस्तरदेखि पैसाको मोलतोलमा महिला जत्तिको माहिर पुरुष हुँदैनन् ।
पुरुषलाई किनमेलको त्यति आइडिया पनि हुँदैन जति महिलालाई हुन्छ ।
नेमिष गौतम, रंग पत्रकार
मेरो विचारमा महिलाहरू पुरुषको तुलनामा किनमेलमा बढी संवेदनशील हुन्छन् ।
पुरुषलाई कामको तनाव पनि भैरहेको हुन्छ, जसले गर्दा कुन सामान कहाँ किन्ने भन्ने
ध्यान दिन सक्दैनन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects