नायिका करिश्मा मानन्धरलाई अहिले आफ्नो नयाँ चलचित्र ‘फागु’को रंगले छोएको छ । चलचित्रको प्रचारका लागि विभिन्न स्टेजमा करिश्मा पुग्ने गरेकी छिन् । करिश्माका लागि यो चलचित्रको व्यापारले धेरै नै अर्थ राख्छ ।
उनै करिश्मालाई चलचित्रकी नायिका शिल्पा पोख्रेलले पनि खुलेरै प्रचारमा साथ दिएकी छिन् । फागुन ७ गतेबाट चल्ने यो चलचित्रमा शिल्पा पोख्रेल, राजेश हमाल, गौरी मल्ल, सुवास पराजुली मुख्य भूमिकामा छन् ।
छविराज प्रोडक्शनको चलचित्र भन्दा बाहिर शिल्पाले पहिलो पटक करिश्मासँग काम गरेकी हुन् । यसैले पनि उनका लागि यो चलचित्र चल्नु जरुरी छ । संझना रौनियारले निर्देशन गरेको यो चलचित्रमा शिल्पा एक्सन अवतारमा देखिएकी छिन् ।
थाइल्याण्डको पेभिमोल कम्पनीका स्किन केयर उत्पादनको नेपालमा लञ्च गर्ने कार्यक्रममा पनि करिश्मा पुगिन् । उनको साथमा चलचित्रका कलाकार, निर्देशक पनि स्टेजमा देखिए । उनीहरुले चलचित्रको बारेमा उपस्थित दर्शकलाई जानकारी गराए ।
चलचित्र ‘फागु’मा काम गरेपछि शिल्पा र करिश्मा नजिक भएका हुन् । यी दुइविच अहिले आत्मियता खुबै बढेको छ । चलचित्र चलेको खण्डमा अझ यी दुइलाई आ-आफ्नै अर्थमा फाइदा पुग्ने पक्का छ ।



0 comments:
Post a Comment