विग आईकनमा प्रतिस्पर्धा बढ्दैं

सपना देख्नेकै पुरा हुन्छ । सायद त्यसैले होला धेरैले आफ्नो बारेमा विभिन्न सपना देख्छन् । तर विग आईकनका सहभागीहरुको भने सपना एउटै छ । त्यो हो, ‘छैठौं विग आईकन’ बन्ने सपना ।

यहि सपनालाई लक्ष्य बनाएर यतिबेला ४२ जिल्लाका प्रतिस्पर्धीहरु विग आईकनको दौडमा होमिएका छन् । तीन चरणसम्मको अडिसन पार गरेर यतिबेला ६२ जना प्रतिस्पर्धीहरु चौथो चरणको अडिसनका लागि छनौट भएका छन् । भोली पुस १८ गते पाँचौ चरणको अडिसनका लागि उनीहरु भिड्दैछन् ।

यो पटक निर्णायकको हिसाबले पनि विग आईकन अझै विस्तारित बनेको छ । यसअगाडि निरन्तर निर्णायक रहँदै आएका गायक तथा संगीतकार श्यामसुङ तामाङ, सुनील थापासंगै चर्चित गायकद्वय कर्णदास र विवेक श्रेष्ठ पनि विग आईकनसँग जोडिएका छन् । पाँच जनाको टोलीले गायन प्रतिभाहरुलाई छनौट गर्दा उत्कृष्ट प्रतिभाहरुलाई न्याय हुने दाबी एफएमको छ ।

त्यस्तै विग आईकनसँग पहिलोपटक जोडिन पाउँदा निकै खुशि व्यक्त गर्छन् गायक कर्ण दास । ‘एक दशकसम्म अमेरिकाको बसाँईको क्रममा मैले संगीतलाई धेरै मिस गरे ।’ कर्णदासले भने–‘त्यहि बीचमा पोखराबाटै विग आईकनजस्तो गायन रियालिटि शो शुरु भयो । अमेरिकाबाट फर्केसंगै आफ्नै गृह शहरमा भएको नेपालकै सबैभन्दा उत्कृष्ट गायन रियालिटि शो को निर्णायक हुन पाउँदा अझै बढि खुशि मिलेको उनले बताए ।

त्यस्तै लामो समय यूकेमा रहँदै आएका अर्का चर्चित गायक विवेक श्रेष्ठ पनि विग आईकनको अनुभव निकै सुन्दर भएको प्रतिक्रिया दिन्छन् । ‘विग आईकनले फेरी मलाई आफ्नै ठाउँमा निकै ठुलो स्पेस दिएको छ ।’ श्रेष्ठ भन्छन्–‘नयाँ भाई बहिनीहरुसँग फेरी संगीतकै बाटोमा भेटिन पाउँदा निकै आनन्द लागेको छ ।’
विग आईकनको यो सिजनमा ४२ जिल्लाका कुल ९ सय ३ जनाले सहभागिता जनाएका थिए । छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects