पार्वतीका ३ दिदी बहिनीको पछि को लाग्यो ?

अष्ट्रेलियामा बस्दै आएका गायक अबुन पाण्डे र गायिका टिका दाहालको स्वरमा रहेको ‘तीन दिदी बहिनी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका टिका दाहालको लय र गायक अबुन पाण्डेको शब्द छ । पवन लामाले गीतमा सगीत संयोजन गरेका छन् ।

बब्बु थापाले निर्देशन गरेको भिडियोमा मोडल पार्वती राइलाई देखाइएको छ । साथमा सुनिल, सुमन र लक्कीले पनि भिडियोमा काम गरेका छन् ।

भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् भने प्रविन भट्टको सम्पादन गरेका हुन् । ३ दिदी बहिनीको पछि लाग्ने ३ यूवाको रोचक कथालाई भिडियोमा देखाइएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects