वर्षा राउत नायिका बाट जीवन लुइँटेल नायक
नायिका वर्षा राउतले आफ्नो करियरकै पहिलो चलचित्र ‘काफल पाक्यो’ मा चर्चित नायक जीवन लुइँटेलसँग केमेस्ट्री मिलाउन पाएकी छिन् । उनको जीवनसँगको मित्रता ‘काफल पाक्यो’को निर्माणका क्रममा घनिष्ठ भयो । वर्षाले चलचित्र ‘काफल पाक्यो’मा जीवनसँग रिल रोमान्स गरे पनि वास्तविकतामा उनलाई असल मित्रका रूपमा लिन्छिन् । माघ १ गते नेपालभर रिलिज हुने हास्यरसले भरिएको चलचित्र ‘काफल पाक्यो’को प्रचारप्रसारका क्रममा भेटिएकी वर्षाले आफ्नो चलचित्रका नायक तथा मित्र जीवनका बारेमा यसरी कुरा काटिन् :
असल बाइट्स
सरल व्यक्तित्व : उहाँ निकै सरल स्वभावको हुनुहुन्छ । संघर्ष गरेर यो क्षेत्रमा नाम कमाउनुभएकाले पनि होला, उहाँमा अहम् छैन ।
सहयोगी : नाम कहलिएको नायक भएकाले मलाई उहाँसँग काम गर्न अप्ठेरो होला भन्ने थियो, तर पहिलो भेटमै उहाँलाई सहयोगी रूपमा पाएँ ।
ह्यान्डसम : उहाँको पर्सनालिटी निकै राम्रो छ । रियल लाइफमा पनि हिरो देखिनुहुन्छ ।
स्वभाविक अभिनय : उहाँको अभिनयकला म चलचित्र क्षेत्रमा आउनु अगावै धेरै पटक हेरिसकेकी थिएँ । सँगै काम गर्दा थाहा भयो कि उहाँ स्वभाविक अभिनय गर्नु हुँदो रहेछ ।
हँसिलो मुस्कान : जीवन लुइँटेलको मीठो मुस्कानका प्रशंसकहरूमध्ये म पनि एक हुँ ।
खराब बाइट्स
घडीको मतलब छैन : ‘काफल पाक्यो’को छायांकन अवधिभर कुनै पनि दिन उहाँ समयमा सेटमा पुग्नु भएन । हातमा महँगो घडी बाँधेर के गर्नु, समयकै महत्त्व नभएपछि ।
नृत्यमा कमजोर : उहाँले नायकका रूपमा चर्चा त कमाउनुभयो, तर उहाँ नृत्यमा कमजोर हुनुहुन्छ । बरु सिक्न जानु नि ।
व्यायाम नगर्ने : करियरको सुरुवातका दिनमा उहाँ नियमित व्यायाम गरेर जीउडाल बनाउनुहुन्थ्यो रे, तर अहिले अल्छी भएकाले हल्का पेट लागेको छ ।
एउटै स्टाइल : उहाँले प्राय: आफ्ना चलचित्रमा एउटै किसिमको अभिनय गरेको पाउँछु । ‘काफल पाक्यो’ मा पनि त्यस्तै होला जस्तो लागेको थियो, तर यसमा उहाँको अभिनय पृथक् छ ।



0 comments:
Post a Comment