कायरा रनवे फोर
कायरा बुटिकले आफ्नो पछिल्लो कलेक्सनलाई माघ २३ गते एक फेसन कार्यक्रममार्फत् सार्वजनिक गर्ने भएको छ ।
डिजाइनर रोजिना श्रेष्ठले डिजाइन गरेका विविध पहिरनलाई स्वस्तिमा खड्का, छुल्ठिम गुरुङ, अशिष्मा नकर्मी, वर्षा राउत, वर्षा सिवाकोटी, सम्पदा बानियाँ, सुरविना कार्की, अनु शाह, बेनिशा हमाल, नीता ढुंगाना र रिमा विश्वकर्मा गरी ११ जना महिला सेलिब्रेटी एवं अन्य १० जना मोडलले प्रस्तुत गर्ने छन् ।
कायरा रनवेको यो चौथो श्रृङ्खला हो । उक्त कार्यक्रमको सञ्चालन अभिनेत्री एवं भिजे अकेशा विष्टले गर्नेछिन् भने यसमा कान्तिपुर पब्लिकेसन्स्को नारी मासिकको समेत संलग्नता छ ।



0 comments:
Post a Comment