मेस्सीका समर्थकद्वारा रोनाल्डोको मूर्तिमाथि तोडफोड

मडेरिया — क्रिस्टियानो रोनाल्डोको गृहनगर मडेरियामा स्थापना गरिएको मूर्तिमाथि लियोनेल मेस्सीका समर्थकहरुले तोडफोड गरेका छन् । मेस्सीले किर्तिमानी ५ औं पटक बालोन डि ओर उपाधि जितेपछि रोनाल्डोको मूर्तिमा तोडफोड भएको हो । मडेरियाको राजधानी फुन्चालमा सन् २०१४ मा रोनाल्डोको मुर्ति स्थापना गरिएको थियो ।
मेस्सीका समर्थकहरुले मूर्तिमा तोडफोड गर्नुका साथै मुर्तिमा मेस्सीको नाम र जर्सी नम्बर पोतिदिएका छन् ।
रोनाल्डोकी बहिनी काटिया अभेयिरोले मेस्सीका समर्थकहरुको यस हर्कतको विरोध जनाउँदै आक्रोश व्यक्त गरेकी छिन् । उनले यस्तो हर्कत गर्नेलाई सजाय दिनुपर्ने बताउँदै उनीहरु पर्चुगलभन्दा सिरियामा बस्न लायक भएको प्रतिक्रिया दिएकी छिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects