मोडल सिम्पल विवाह गर्दै

मोडल तथा अभिनेत्री सिम्पल खनाल दोस्रो पटक वैवाहिक जीवनमा बाँधिदै छिन् । सिम्पलले अघिल्लो बिहीबार ह्यात होटलमा भारतीय मूलका व्यवसायी नदिनसँग इन्गेज्मेन्ट  गरेकी हुन् । उक्त समारोहमा सिम्पलले आफ्नो परिवारका सदस्यबाहेक निकटका केही साथीहरूलाई मात्र निम्त्याएकी थिइन् ।

विगत एक वर्षदेखि उनीहरू नजिकएको बताइन्छ । उनीहरू एक वर्षदेखि प्रेमि–प्रेमिकाका रूपमा रहँदै आएका थिए । नदिन बेलायतका व्यवसायी भएको बताइन्छ । सिम्पल र नदिनले विवाहको मिति भने सार्वजनिक गरेका छैनन् । सिम्पलको पहिलो विवाह म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलसँग भएको थियो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects