कैफियतले उठाउला त नन्दिताको करिअर ?

काठमाडौं । केही वर्षदेखि नायिका नन्दिता केसी बक्स अफिसमा चिसिएकी छिन् । एकपछि अर्को फिल्म असफल हुँदा उनको करिअर धरमराएको छ ।

अब नन्दिताको आशा टिकेको छ, कैफियतमा । २२ माघदेखि प्रदर्शन हुने कैफियतले आफ्नो करिअर उठाउनेमा उनी आशावादी त छिन् तर, ढुक्क छैनन् ।

‘खोई, फिल्म राम्रो बन्दैमा चल्ने हैन रहेछ,’ उनले दिक्दार मान्दै भनिन् । मिजासिली स्वभावकी नन्दितालाई म्युजिक भिडियो र विदेशमा आयोजना हुने कार्यक्रमले करिअर धान्न भने सघाएको छ ।

दक्षिण भारतीय फिल्ममा काम गरेका दशरथ गिरीको निर्देशन रहेको कैफियतले सामाजिक कथा भन्छ । चिन्तामणी बराल र शंकर शाही ठकुरीको लगानी रहेको यस फिल्ममा शंकरले नायकको भुमिका पनि निर्वाह गरेका छन् । निर्देशक गिरीले भने नेपाली दर्शकलाई मन पर्ने फिल्म बनाएको दाबी गर्दै आएका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects