मोबाइलले तपाईंको जीवनमा कस्तो परिवर्तन ल्याएको छ ?

सुरुमा पढाइ बिगार्‍यो,
लभ सपार्‍यो,
आँखा बिगार्‍यो,
गफ सपार्‍यो,
टाढाको सँग नजिक बनायो,
तर सँगै हुनेसँग बोलिन्न, आफन्तलाई नै टाढा बनायो ।
जंगे

के परिवर्तन भन्नु खै, पैसा स्वाहा, आँखाको पावर पनि बर्बाद भो ।
फिरफिरे दिदी

पहिले–पहिलेजस्तो ब्लू फिल्म हेर्न असनका भित्री गल्लीहरू चहार्नु पर्दैन ।
रेशाली कान्छा

मोबाइलले साइबर,
अरूमाथिको भर
फेसबुकमा नाम थर
साथै मेरा महत्वपूर्ण पलहरू
बिगारेको छ ।
हनी बी

नराम्रो बाटोमा हिँडेको थिएँ, अहिले मोबाइलबाट ट्विटर चलाउने हुँदा काम र समयलाई चिन्ने अवसर पाएँ ।
छायाँ

पहिले ट्वाइलेटसम्म एक्लै गइन्थ्यो, अचेल ट्वाइलेट पनि कसैको साथ गइन्छ— मोबाइल ।
अमृत

धेरै परिवर्तन ल्यायो, धेरै साथीसँग नजिक बनायो त केही साथीबाट टाढा पनि भइयो ।
काले सुजन

पहिले खाली समय पुस्तक पढेर वा टेलिभिजन हेरेर बिताउँथेँ । अहिले मोबाइलमा पढेर र केही सिकेर बिताउँछु, ठूलो परिवर्तन भनेको मित्रहरू धेरै भए ।
लम्साल गुरुङ

विश्वले नै सुन्ने गरी बोल्न पाइयो तर घरकैले सुनेनन् । मोबाइलको कमाल यही हो ।
प्रकाश

गुगल र एनसेलको नि:शुल्क विकिपेडियाले धेरै सहयोग गर्‍या छ पढाइमा । म त मोबाइलबाटै पढ्छु ।
निरञ्जन

प्रविधिको हिसाबले हेर्दा संसार आफैसँग छ । एनटिसीको अत्यन्तै कमजोर नेटवर्कले गर्दा त रिस मात्र उठ्छ ।
सञ्जय रेग्मी

धेरै कुरामा सकारात्मक परिवर्तन ल्याएको छ ।
अधुरो फुच्चे

मोबाइल फोनले जीवन सहज बनाएको छ । विश्वभरका विश्वविद्यालयसँग कुरा गर्न सजिलो भएको छ अनि साप्ताहिक पढ्न अझ सहज ।
सुरेश राई

मोबाइलले घरबाट निस्कने बहाना बनाइदिएको छ । यस्तो जरुरी काम पर्‍यो भनेपछि घरबाट नाइँ भन्ने कुरै भएन अनि मोज गर्नबाट कसले रोक्ने ?
आध्यात्मिक

कसैलाई सहारा हो मोबाइल,
कसैको ज्युने आधार पनि बनेको छ,
कसैलाई सजाय हो मोबाइल,
कसैलाई नशा पनि बनेको छ ।
सायर परदेशी बाबु

२४ घण्टामा २५ घण्टा मोबाइलमा झुन्डिन्छु । कहिले उपयोगी कुरा नि हेरिन्छ तर प्राय:गरी ट्विटर, फेसबुकमै बरालिन्छु । मोबाइल नभा’को भए साहित्य अध्ययन गरिन्थ्यो ।
डा. विशाल बस्नेत

मोबाइलले चाहिँ होइन कि मोबाइलमा सेभ गरिएका एक–दुई जनाले चाहिँ परिवर्तन ल्याएका छन् ।
जिबिहाङ राई

पैसा र समयको बर्बादी ।
राज

मोबाइल भए पनि नहुने, नभए पनि नहुने अवस्था छ । आखिर काम चलेकै छ ।
चन्द्र नेपाल

अरू केही नभए पनि ट्विटर र फेसबुकमा फुलटाइम जागिरे भइया छ भनौं न ।
आरोप

पैसा र समयको बर्बादी । नशाजस्तो लाग्ने । मोबाइल नचलाए तलतल हुने ।
घनश्याम अमृत

यत्रो २० वर्षको भोगाइ जम्मा १ सय ४० अक्षरमा कसरी भन्नु ? बरु मोबाइल नम्बर दिनुहोस् न । के–के फाइदा छन् म म्यासेज गरिदिउँला ।
रियल फिलोसोफर

मोबाइलले मानिसलाई भिखारी बनाउँछ ।
आदित्य चौधरी

केन्डिक्रसको च्याम्पियन तथा फेसबुक र ट्विटरको बादशाह बनायो । गर्लफ्रेन्ड बनाउन सिकायो । सरकारले रोजगारी नदिए पनि बेरोजगार हुन दिएन मोबाइलले ।
ब्ल्याक होल

केही कुरा सिक्ने मौका त प्रदान गरेको छ, तर यसले जाँगरिलो मान्छेलाई पनि अल्छे बनाएको छ ।
शाया

मैयाँसँग डेटिङमा भए पनि घरको फोन आउँदा ‘थानकोटको कोठामै छु’ भनिन्छ । मतलब झूटको खेतीले राम्रै मलजल पाएको छ ।
बुलेट राजा

राति सुत्नकै लागि अलार्म लगाउनुपर्ने बनाएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects