पश्चिमेली फेसनमा रेड कार्पेट ड्रेसिङले निकै महत्व राख्छ । रेड कार्पेट समारोहमा आफूलाई अरूभन्दा फरक र आकर्षक रूपमा प्रस्तुत गर्न महिला सेलिब्रेटीहरूवीच प्रतिस्पर्धा नै चल्छ । डिजाइनरहरू पनि यस्तो अवसरमा आफ्नो सिर्जनशीलतालाई निकै मेहनतका साथ प्रस्तुत गर्छन् । वर्ष २०१५ को रेड कार्पेट लुकमा अनेकन् स्मरणीय पहिरन देखा परे । गत वर्षको रेड कार्पेट लुकमा रिहानाको नेकेड ब्ल्याक ड्रेस जति चर्चित थियो, यो वर्ष पनि त्यस्तै खालको पहिरनलाई किम कार्दशिन र बियोन्सेले निरन्तरता दिए । किमको पहिरनमा रोबर्टो कभालीको कला कौशल थियो भने बियोन्सेको ड्ेरेसमा गिभेन्चीको कल्पनाशिलता समेटिएको थियो । यी दुवै सेलिब्रेटीको पहिरन शैलीबीच शरीरलाई कति छोप्ने र कुन हदसम्म ग्ल्यामरस देखिने भन्ने प्रतिस्पर्धा थियो ।
जेनिफर लोपेजको प्लन्जिङ नेकलाइन, इन्ट्रिकेट बिडिङ भएको फुल टुल स्कर्ट होस् वा लिली जेम्सले लगाएको इलिगेन्ट बिडेड गाउन वा एलिजाबेथको बिडेड ब्लड रेड गाउनमा डिजाइर एली साबको सिर्जनाप्रति यो वर्ष थुप्रै फोटोपत्रकार आकर्षित भए ।
कान्स फिल्म फेस्टिबलमा लुपिटा नुयोङको रेड कार्पेट लुक पनि निकै चर्चित रह्यो । गुसीको हेभी बिडेड एम्राल्डमा लुपिटाको सुन्दरता थप निखारिएको देखियो । यही रेड कार्पेटमा राल्फ एन्ड रूसोले तयार पारेको काउचर गाउनमा विश्व प्रसिद्ध फेसनिस्टा फान बिङबिङ पनि निकै आकर्षक देखिएकी थिइन् ।
कान्स फिल्म फेस्टिबलकी निर्णायकमध्ये एक सियना मिलरले पनि थुप्रै रेड कार्पेटमा आफ्नो उपस्थिति जनाइन् । उनी यो वर्ष गुसीको सफ्ट ब्लु टुल स्कर्टेड गाउनका कारण चर्चामा रहिन् ।
यो वर्ष भेनिस फिल्म फेस्टिबलको रेड कार्पेटमा डायना क्रुगरको केप्ड प्राडा कन्फेक्सन होस् वा गोल्डेन ग्लोब्समा केट हड्सनको सुपर सेक्सी सुपरप्लन्जिङ स्टाइल दुवै लोकप्रिय रहे । गोल्डेन ग्लोब्समै डिजाइनर एमिलिया विकस्टेडले तयार पारेको सिल्भर ड्ेरसमा डायना क्रुगरको सिम्पल र एलिगेन्ट लुकले निकै प्रशंसा पायो । यही इभेन्टमा एमा स्टोन भने रेड कार्पेट गाउनको साटो लान्भिनको जम्प सुटलाई फरक रूपमा प्रस्तुत गरेर चर्चित भइन् ।
वर्ष २०१५ को बेस्ट रेड कार्पेट ड्रेसमा मेट गालामा रिहानाले लगाएको पहेंलो रंगको गुओ पिई गाउन, कान्स फिल्म फेस्टिभलमा नाओमी वाट्सको एली साबको फेडर्ड गाउन, ग्रामी एवार्डमा टेलर स्विफ्टको एली साबको हाई लो गाउनदेखि गोल्डेन ग्लोबमा केट हडसन, सीएफडीए फेसन एवार्ड्समा गिगी हाडिड, गोल्डेन ग्लोब्समा जेन फोन्डाको रेड कार्पेट शैली पनि चर्चित रहे ।



0 comments:
Post a Comment