फूलैफूलको ब्रान्ड एम्बेसडर

यसमा दुई मत नहोला कि अहिलेको अवस्थामा राजेशपायल राई नेपाली चलचित्रका लागि सर्वाधिक रोजिएका र रुचाइएका पाश्र्वगायक हुन् । राजेशपायल राईले चलचित्रहरूका लागि सयौं गीत गाए र गाइरहेका पनि छन् ।

उनले पाश्र्वगायन गरेका कैयन् गीत लोकप्रिय भैसकेका छन् । पछिल्लो पटक भने राजेश निर्माता तथा निर्देशक दिनेश डिसीको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’को प्रचारमा खटेर लागेका छन् । आफ्नो हरेक अन्तवार्ता, स्टेज शो आदिमा उनी फागुन २१ गते आउने चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’को प्रसंग कोट्याइहाल्छन् वा आफूले गाएको उक्त चलचित्रको शीर्षगीत सुनाइहाल्छन् ।

राजेशको उक्त सकारात्मक सहयोगप्रति नतमस्तक हुँदै डिसी भन्छन्– ‘राजेशपायल चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’को ब्रान्ड एम्बेसडर भनेर घोषणा गर्न मात्र बाँकी छ ।’

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects