- सँगै बसेर रोमान्टिक चलचित्र हेर्न सकिन्छ । यो क्षणलाई थप रोमान्टिक बनाउन साउन्ड म्युट गरेर नायक–नायिकाको संवाद बोल्ने अभ्यास गर्न सकिन्छ ।
- शयन कक्षलाई आकर्षक ढंगले सजाउनुपर्छ । सुन्दर बेडकभर, बेड साइडमा लाइट, सफ्ट ड्रिंक तथा क्यान्डिल लाइटमा माया साट्न सकिन्छ ।
- पुराना एल्बम एवं भिडियो हेर्दै बितेका दिनका रोमाञ्चक क्षणहरू स्मरण गर्न सकिन्छ ।
- एक–अर्काको मसाज, पेडिक्योर, हेड मसाज गरेर रोमान्टिक मुड बनाउन सकिन्छ ।
- एकसाथ स्वादिला परिकार तयार गरी त्यसलाई डाइनिङ टेबलमा सजाएर खान सकिन्छ ।
- गिटार वा कुनै वाद्ययन्त्र बजाउँदै प्रेम–गीत सुन्न–सुनाउन सकिन्छ ।



0 comments:
Post a Comment