विग आइकनमा उत्कृष्ट चार प्रतिस्पर्धी

मृगौला पीडित गीतकार तथा संगीतकार सुक गुरुङलाई सहयोग

पोखरा–विग आइकनका उत्कृष्ट पाँच प्रतिस्पर्धी सौगात गुरुङ विहिबार प्रतियोगिताबाट बाहिरिएका छन् । सौगात बाहिरिएसँगै प्रतियोगितामा अब साजन आले, सृष्टि गुरुङ, अम्बिका पुन र अनु गुरुङले प्रतिस्पर्धा गर्दैछन् । विहिबार नै उनीहरुले फाईनल चरणका लागि आफ्नो प्रस्तुती दिए ।

‘आगामी चरणमा प्रतियोगिताबाट एकजना प्रतिस्पर्धी बाहिरिनेछन् । त्यसपछि विग आइकन फाइनल चरणमा जानेछ ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘त्यसपछि उनीहरुको निर्णय एकै चोटि ग्राण्ड फिनालेको दिन हुनेछ ।’ ग्राण्ड फिनालेमा उत्कृष्ट एक जनाको लागि तीन जना प्रतिस्पर्धी भिड्नेछन् ।

उत्कृष्ट चार प्रतिस्पर्धी अनु गुरुङलाई भोट गर्न BIG space AG, अम्बिका पुनलाई भोट गर्न BIG space AP, साजन आलेलाई भोट गर्न BIG space SA र सृष्टि गुरुङलाई भोट गर्न BIG space SH टाईप गरि ४३२१ मा पठाउनुपर्ने एफएमले जनाएको छ ।

विहिबार भएको विग आइकनको अडिसन राउण्डमा गीतकार तथा संगीतकार सुक गुरुङ विशेष आकर्षण बने । ‘दोष कसैलाई दिन चाहन्न’, ‘झलझली आँखामा’ जस्ता गीतका लेखक तथा संगीतकार सुक गुरुङ यतिबेला मृगौलाको खराबीका कारणले थलिएका छन् । आंशिक रुपमा तंग्रिएका सुक गुरुङ उपचारकै क्रममा छन् ।

सुक गुरुङको स्वास्थ्योपचारका लागि यतिबेला पनि सहयोग उठाउने क्रम जारी छ । त्यहि मेसोमा विग आइकनमा आएका गुरुङलाई गायक कर्ण दास र यूनाईटेड रेफरेन्स ल्याबोरेटरी (यूआरएल)का संचालक ठाकुरप्रसाद पन्तले १०/१० हजार रुपैयाँ सहयोग प्रदान गरे । त्यस्तै पन्तले यूआरएलमा गुरुङको उपचारार्थ गर्नुपर्ने ल्याब परिक्षण गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिने घोषणा पनि गरे । त्यस्तै उनले संगीतमा लाग्नेहरु सबैजनाको लागि ल्याब परिक्षण गर्ने क्रममा यूआरएलले २५ प्रतिशत छुट दिने उद्घोष समेत गरे । विहिबार भएको विग आइकनका अडिसनमा मुनाल स्टोर्सका संचालक मोती भुजेलको पनि विशेष उपस्थिती रहेको थियो ।

एफएमले दिएको जानकारी अनुसार अबका दिनमा उत्कृष्ट तीनसम्म हरेक अडिसनबाट एक जनामात्रै प्रतिस्पर्धी बाहिरिनेछन् । र, उनीहरुको निर्णयअधिकारमा निर्णायकको ६० र स्रोताले गर्ने एसएमएस भोटिङको ४० प्रतिशत हिस्सा हुनेछ । विग आईकनको यो सँस्करणमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् ।

छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

छैटौ संस्करणको बिग आइकनमा टाइटल स्पोन्सरको रुपमा सामसुङ मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।

त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन, कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, आईटी पार्टनरमा कम्यूनिकेट मिडिया, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक, एड्भरटाईजिङ पार्टनरमा परिचय एड्भरटाईजिङ र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects