करिश्माका ‘फागु’लाई बाबुराम र हिसिलाको साथ

नायिका करिश्मा मानन्धरको निर्माणमा बनेको चलचित्र ‘फागु’ हेर्नका लागि पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र हिसिला यमी दरबारमार्ग पुगेका छन् । दरबारमार्गको क्यूज सिनेमामा आयोजना गरिएको चलचित्रको विशेष शोमा नयाँ शक्तिका संयोजक समेत रहेका बाबुराम पत्नीसहित पुगेका थिए ।

हुनत, बाबुराम भट्टराई अधिकांश चलचित्र हेर्न समय मिलाएर हलमा पुग्ने गरेका छन् । १२ बर्षपछि नायिका मानन्धरले बनाएको यो चलचित्रमा शिल्पा पोख्रेल र सुवास पराजुली मुख्य भूमिकामा छन् ।

नयाँ शक्तिमा लागेसँगै करिश्माले बाबुराम भट्टराई र अन्य सदस्यहरुलाई चलचित्र देखाउने बताउँदै आएकी थिइन् । तर, करिश्माको यो चलचित्र बाबुरामले पुरा हेर्न भने पाएनन् । उनी चलचित्र सुरु भएको केही मिनेटमै हलबाट बाहिरिएका थिए ।

चलचित्र हेर्नका लागि नायिका झरना थापा, नीता ढुंगाना, नव-नायक आमेष भण्डारी, निर्माता सुनिल कुमार थापा, कलाकार गौरी मल्ल पनि हलमा पुगेका थिए । शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले मिश्रति समिक्षा पाएको छ भने यसको व्यापार औषत छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects