सांस्कृतिक कार्यक्रममा अभिनेत्री रेखा थापालाई निम्त्याउने आयोजकको एउटै चाहना हुन्छ, उनलाई आकर्षक नृत्य गराउने । हालै मलेसियामा सम्पन्न भएका आधादर्जन कार्यक्रममा सहभागिता जनाउने दर्शकले पनि रेखाबाट नृत्यकै अपेक्षा गरेका थिए तर भैदियो ठीक उल्टो ।
पछिल्लो समय संगीतकार तथा गायिकाका रूपमा समेत सक्रिय रेखाले मलेसियाका कार्यक्रममा नृत्य गरिनन्, माइक समातेर आफ्नै चलचित्र ‘रामप्यारी’ को गीत गाइन् । यसअघि छोटा पहिरन मा स्टेज उक्लिना साथ कम्मर मर्काउने रेखा यतिबेला गायिकाका रूपमा प्रस्तुत हुन थालेकी छिन् ।
पछिल्ला कार्यक्रममा रेखाले रामप्यारी चलचित्रको ‘अर्को जुनी...’ गीत गाइरहेकी छिन् । उक्त गीतकी संगीतकार पनि रेखा नै हुन् । दर्शकले पनि रेखालाई गायिकाका रूपमा उत्तिकै मन पराएका छन् ।



0 comments:
Post a Comment