मिस नेवास् सुन्दरीहरु एटाएर शोमा

मिस नेवास् ११३६ का सहभागि २२ जना नेवार सुन्दरीहरुले आफ्नो बान्की परेको जिउडाललाई विरालो चालमा मर्काए । प्रयोजन थियो एटाएर शोका लागि । यो शोमा ती सुन्दरीहरुले वेष्ट एटाएर विधा अन्तर्गत प्रतिस्पर्धा गरेका थिए । नेवार समुदायको साँस्कृतिक सेरोफेरोमा रहेर नेवारपन झल्काउने परिमार्जित स्वरुपका विविध पहिरन शैलीहरुलाई सहभागिहरुले आकर्षक एवं सुन्दर तरिकाले र्‍याम्पमाथि प्रस्तुत गरेका थिए । उनीहरुको पहिरन, त्यसमा देखिएको सृजनात्मकता, त्यसको प्रस्तुति र मौलिक संस्कृतिको प्रभावकारी परिमार्जन आदिलाई विचार गरी उपस्थित निर्णायकहरुले सहभागिहरुको प्रस्तुति र पहिरनलाई मुल्यांकन गरेका थिए ।

एटाएर शोको यो मुख्य पाटो बाहेक सहभागिहरुले सुम्दिमा सिल्क प्यालेसका विविध आकर्षक शैली एवं डिजाइनका सिल्कका साडीहरुलाई पनि र्‍याम्पमा प्रस्तुत गरेका थिए । नेप्लीज फेसन होमको आयोजनामा नयाँ बानेश्वरमा सम्पन्न यो कार्यक्रममा मिस नेवास् ११३६ का सहभागिहरु बाहेक हालका मिस नेवास् विजेता संगै पूर्व मिस नेवास् विजेता एवं सहभागिहरुले पनि कार्यक्रममा क्याटवाक गरेका थिए । कार्यक्रममा लिभिट क्यालेन्डरका लागि वर्ष २०७३ को अवधारणालाई पनि सार्वजनिक गरिएको थियो जसमा जीवित देवी कुमारीको स्वरुप र शैलीलाई मिस नेवास् प्रतिस्पर्धीहरुले प्रस्तुत गरिने जनाउनेछन् । 

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects