आफ्नो निर्माणमा बनेको चलचित्रमा नायिका रेखा थापाले नारीको कथालाई विशेष रुपमा उठान गर्छिन् । चलचित्र भित्र आफै हाबी हुने रेखाले नारीको पक्षमा वकालत गरेका, लडाई लडेका दृश्यहरु देखाइन्छन् ।
उनै नायिका रेखा थापा आफूले बनाउने चलचित्रले दर्शकलाई उर्जाशिल बनाउने बताउँछिन् । रेखा भन्छिन्-‘जब कुनै दर्शक हलबाट निस्कन्छ, उसलाई चलचित्र हेरेपछि उर्जा थपिनुपर्छ । निराश भएका मानिसमा पनि केही गरौ भन्ने भावना जागृत हुनुपर्छ ।’
रेखाले देशको विग्रदो अवस्था र दिकदारीपनका कारण मानिसको आखामा सधै आँसु भएको बताइन् । यसैले चलचित्रकर्मीको काम दर्शकलाई हलमा बोलाएर रुवाउने भन्दा पनि केही उर्जा दिएर पठाउने हो भन्छिन् रेखा ।
नायिका थापाले निर्माण गरेको चलचित्र ‘रामप्यारी’ यही चैत्र २६ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा ट्याम्पु चलाउने महिला चालकको कथालाई उठान गरिएको छ ।
रुने चलचित्रले दर्शकलाई कमजोर बनाउने भन्दै रेखाले आफूले कहिले पनि दर्शकलाई रुवाउने चलचित्र निर्माण नगर्ने उद्घोष अनलाइनखबरसँग गरेकी छिन् ।



0 comments:
Post a Comment