ब्वासोले तपाईको मुखमा ल्याएर आफ्नो मुख जोड्न खोज्यो भने तपाई के गर्नुहुन्छ ? अवश्य पनि तर्सनुहुन्छ होला । लामो समयदेखी जंगली जनावरको संरक्षणमा खटिएकी डेनाली भने तर्सन्नन् । उनले उल्टै ब्वासोलाई नजिक राखेर भिडियो खिचेकी छिन् । हेर्दै डरलाग्दो ८ वर्षको ठूलो ब्वासोले डेनालीसँग हिउँ खेलिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित छ । किकोआ नामक यस ब्वासो निकै डरलाग्दो छ । अमेरिकाको कोलोराडो उल्फ एण्ड वाइल्डलाईफ सेन्टरले यि युवतीको अनुहारमा ब्वासोले चाट्दै गरेको र चुम्बन साटासाट गर्न खोजेको भिडियो अपलोड गरेको हो ।
किकोआ खासमा फ्लोरिडास्थित सिक्रेस्ट उल्फ प्रिजर्भको ब्वासो हो । कोलोराडोमा किकोआलाई उसकी दिदी साकारासँगै ल्याइएको थियो । किकोआको अर्थ अमेरिकी स्थानिय भाषामा बहादूर हुन आउँछ । आफ्नो बाक्लो खैरो–चाँदी रंगको भुत्ला र हिड्दा देखिने डरलाग्दो उपस्थितीका कारण किकोआ चर्चित छ । ‘किकोआ एक ह्याण्डसम युवा पूरुष र राम्रो व्यक्तित्व भएको ब्वासो हो । उसले घुम्न आउने पर्यटकलाई चुम्बन दिएर खुसी पार्छ ।’– किकोआको बायोग्राफी लेख्दै यस संरक्षण केन्द्रको वेभसाइटले जनाएको छ ।
१ सय १५ पाउन्डको यो ब्वासोले मानिसहरुको काधँमा आफ्नो पन्जा राख्दा यसको उचाई झन्डै ७ फिटहुन आउँछ । यस भिडियोमा किकोआसँग खेल्दा डेनाली तर्सिएकी छैनन् । उनी भन्छिन्–‘ म प्रकृतिर जनावरसँग खेल्न रुचाउँछु । यि ब्वासाँहरुमा मेरो हृदय छ र उनीहरुले मेरो प्रेमलाई स्विकार गरेकोमा म निकै गर्वित छु ।’ फेसबुकमा यो अपलोड गरिएको यो भिडियोलाई अहिलेसम्म ७ लाखले हेरिसकेका छन् ।
फेसबुकमै एकजनाले प्रतिक्रिया दिएका छन्–‘मेरो आशा छ सबैले ब्वासोँहरु राम्रा र माया गर्न लायक छन् भनेर बुझ्नेछन् ।’ त्यस्तै अर्का एक व्यक्तीले डेनालीलाई पशुहरुप्रति देखाएको मायाका लागि धन्यवाद दिएका छन् ।
टिम्बर ब्वासोलाई खैरो ब्वासो भनेर पनि चिनिन्छ । अमेरिकाका झन्डै ४८ राज्यमा पाइने यो ब्वासोको संख्या शिकारीका कारण घट्दै गएको छ । केही ब्वासोहरु आफ्नो जनसंख्या जोगाउन सफल रहेपनि थुप्रै प्रजातीका ब्वासोहरु दुलर्भ भइसकेका छन् । केही खैरो ब्वासोहरु युरोपमा पनि पाइन्छन् । तर प्राय यस्ता ब्वासाहरु अलास्का,क्यानेडा र एशियामा बस्छन् । यि ब्वासोहरु प्राय ६–७ को समूहमा बस्छन् । मृग बदेँल आदिको शिकार गर्नेक्रममा उनीहरुले समूहमा एकअर्कालाई सहयोग गर्छन् ।



0 comments:
Post a Comment