तीन दशकभन्दाअघि गायक शम्भु राईले रेकर्ड गरेको चर्चित गीत ‘चलेछ बतास सुस्तरी’ लाई नै शीर्षक बनाएर निर्माण गरिएको चलचित्र ‘चलेछ बतास सुस्तरी’ मा प्रमोद भारद्धाज तथा सुष्मा कार्कीको जोडीले अभिनय गरेको छ । प्रमोद भारद्धाजले लेखेको कथा तथा उनैले निर्माण गरेको यो चलचित्रको निर्देशन भने दुई महिला निर्देशक सब्बु सुवेदी र अनिला खड्काले संयुक्त रूपमा गरेका हुन् । प्रेमकथात्मक यो चलचित्रमा काठमाडौंमा बसोबास गरिरहेका एक युवक बाटोमा भेटिने एउटी युवतीसँग सामान्य भनाभनपछि उनको एकतर्फी प्रेममा पर्छन् ।
युवतीले उक्त कुरा चाल पाउँछे र उ पनि युवकलाई प्रेम गर्न थाल्छे । प्रेम भएपछि बाधा अडचन त आउने नै भयो । त्यही बाधा–अड्चनसँग लड्ने कथा नै चलचित्रको मूल विषय हो । प्रदीप भारद्धाज नेपाली चलचित्रका स्थापित लेखक हुन् । दर्जनांै चलचित्र लेखिसकेका भारद्धाज आफ्नै निर्माणको ‘चलेछ बतास सुस्तरी’ कथा, प्रस्तुति, अभिनय तथा गीतसंगीतका कारण दर्शकले रुचाउने कुरामा ढुक्क छन् । यो चलचित्रको शीर्ष गीतका साथै जेम्स प्रधानको स्वरको अर्को एउटा गीत ‘सिमसिम’ ले पनि लोकप्रियता पाइरहेको छ ।
निर्देशक : सब्बु सुवेदी र अनिला खड्का
संगीत : विकास चौधरी
कलाकार : सुष्मा कार्की, प्रमोद भारद्धाज, शिशिर भण्डारी, बालदिप राई आदि ।



0 comments:
Post a Comment