काठमाडौँ- गायक अजयकुमार अधिकारीको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम दिसवलाई लक्षित गरी सार्वजनिक गरिएको गितको बोल ‘मेरो आंखामा तिमि’ रहेको छ ।
भिडियोमा सन्तोष अधिकारी र मिरा कक्ष्पतिले अभिनय गरेका छन भने भिडियोको छांयाकन ज्ञानेन्द्र शर्माले गरेका हुन । त्यस्तै भिडियोको सम्पादन भने निशान घिमिरेले गरेका छन ।
उक्त गितमा गायक अधिकारीकै शब्द तथा संगित रहेको छ । भिडियोको निर्देशन श्रीधर पौेडेलले गरेका हुन ।
फोटो पत्रकार समेत रहेका पौडेलले यस अघि थुपै्र म्युजिक भिडियो तथा विज्ञापनको निर्देशन गरिसकेका छन ।



0 comments:
Post a Comment