शिल्पा आवश्यकताभन्दा पनि कम बोल्छिन् सम्झना उप्रेती रौनियार निर्देशक बाट शिल्पा पोखरेल नायिका

सम्झना उप्रेती रौनियार निर्देशक बाट शिल्पा पोखरेल नायिका
- साप्ताहिक संवाददाता

केही वर्षअघिसम्म चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार तथा अभिनेत्री शिल्पा पोखरेलबीच सामान्य चिनजानसमेत थिए । चलचित्र ‘लज्जा’ हेरेपछि सम्झना शिल्पाको अभिनयबाट प्रभावित भइन् । उक्त चलचित्रमा शिल्पाको सशक्त अभिनय देखेपछि मात्र सम्झनाले उनका बारेमा सोधीखोजी गरेकी थिइन् । शिल्पाले २ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेको जानकारी पाएपछि त सम्झना शिल्पाबाट थप प्रभावित भइन् । अभिनेत्री करिश्मा मानन्धरको चलचित्र ‘फागु’ मा निर्देशकका रूपमा अनुबन्धित भएपछि सम्झनाले उक्त चलचित्रको शीर्षक भूमिकाका लागि शिल्पाको विकल्प भेटिनन् । गत तिहारमा आफ्ना श्रीमान् तथा फोटो पत्रकार विकास रौनियारले शिल्पासँग भाइटीका नै लगाएपछि यतिबेला सम्झनाले शिल्पालाई ‘नन्द’ भन्नुपर्ने भएको छ ।

असल बाइट्स

इमान्दार : म शिल्पाको कामप्रतिको इमान्दारिताको प्रशंसक हुँ ।

परिवारलाई माया : काममा जति नै व्यस्त भए पनि शिल्पा आफ्नो परिवारलाई प्राथमिकता दिनुका साथै असाध्यै माया पनि गर्छिन् ।

हँसिलो स्वभाव : काममा जति नै तनाव भए पनि उनी आफ्नो प्राकृतिक मुस्कान छर्न सिपालु छिन् ।

सहजता : काम गर्ने जो–कोहीले उनीसँग सहज महसुस गर्न सक्छन् ।

मीठो हात : असाध्यै मीठो खाना बनाउने सक्ने क्षमता छ । शिल्पाले बनाएको मासुको परिवार साह्रै मीठो हुन्छ ।

खराब बाइट्स

रिजर्भ : प्राय: समूहमा घुलमिल हुन सक्दिनन् । रिजर्भ स्वभावका कारण उनलाई सहजै घुलमिल हुन गाह्रो परिरहेको देखिन्छ ।

कम बोल्ने : हुन त कम बोलेकै राम्रो हुन्छ तर शिल्पा आवश्यकताभन्दा पनि कम बोल्छिन् ।

हिम्मत नगर्ने : कुनै पनि नयाँ काममा हिम्मत अथवा आँट नगर्ने स्वभाव छ ।

सहनशीलता : सहनु असाध्यै राम्रो कुरा हो तर आफूलाई चित्त नबुझेको कुरामा पनि सहनशील भएर बस्नु उपयुक्त होइन ।

जिद्दी : कतिपय कुरामा असाध्यै जिद्दी गर्ने बानी छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects