नेयमारको कर छली

नेयमारको कर छली
खेलकुदका ठूला स्टारहरूमाथि समय–समयमा कर छलेको आरोप लाग्छ र यसैमा थपिएका छन्, एक अर्का ठूला स्टार, फुटबलका नेयमार ।

ब्राजिलीयन अदालतले नेयमारले कर छलेको बताउँदै उनीमाथि १ लाख १२ हजार डलर जरिवाना तोकेको छ । अब उनले आफूले तिर्नुपर्ने कर मात्र होइन, जरिवाना पनि भर्नुपर्नेछ । सन् २००७ र २००८ मा ब्राजिलमा सान्तोसाबाट खेल्दाताका नेयमारले कर छलेको आरोप लागेको हो । नेयमारले त्यसका विरुद्ध अपिल गरे पनि त्यो सफल भएन । अहिले स्पेनको बार्सिलोनबाट खेलिरहेका नेयमारमाथि त्यहाँ पनि कर छलेको आरोप लाग्ने गरेको छ । बार्सिलोनासँग अनुबन्धित हुँदा पनि नेयमारमाथि ट्रान्सफरको रकम लुकाएको आरोप लागेको थियो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects