काठमाडौं – बेलायती गायिका तथा गीतकार जोस स्टोन नेपाल आएकी छिन् । बिहिबार हुने च्यारिटी कन्सर्टका लागि उनी नेपाल आएकी हुन् ।
राजधानीको हायात रिजेन्सीमा बिहिबार उक्त कार्यक्रमको आयोजना हुँदैछ । च्यारिटीका लागि गरिएको उक्त कार्यक्रममा लगभग ५ सय दर्शकहरुमात्र हुनेछन् । यो कन्सर्ट स्टोनको ‘टोटल वल्र्ड टुर’ को हिस्सा हो ।
भारतको मुम्बाईमा आयोजित महिन्द्रा ब्लुज फेस्टिभलमा भाग लिएर उनी काठमाडौं आएकी हुन् । काठमाडौंपछि उनको ढाकामा कार्यक्रम रहेको छ ।
ग्रामी विजेता स्टोन सन् २००३ मा रिलिज गरेको डेब्यु एल्बम ‘द सोल सेसन’ पछि चर्चामा आएकी हुन् । उनको चर्चित गीतहरुमा ‘यु ह्याड मी, फेल इन लभ विथ अ ब्वाई’ लगायत रहेका छन् ।



0 comments:
Post a Comment