दिक्षा मोटरसाइकल रेसिङ च्याम्पियन

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को संयोजन तथा नेपाल मोटरसाइकल फेडरेसनको व्यवस्थापनमा नेपालकै पहिलो महिला मोटरसाइकल रेसिङ च्याम्पियनसिप ‘रेसनारी’ सम्पन्न भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कम्पाउन्डमा सम्पन्न उक्त च्याम्पियनसिप अन्तर्गत १ सय २५ सिसी बाइकको ट्रयाक रेसिङमा दिक्षा श्रेष्ठ प्रथम, आर्जुसिंह ठकुरी द्वितीय तथा दीपा श्रेष्ठ तृतीय भए ।

त्यसैगरी मोटरसाइकल स्पोर्ट्सको नयाँ विधा जिमखानामा वर्षा बस्नेत प्रथम, दीक्षा श्रेष्ठ द्वितीय तथा नीता डीसी तृतीय भए । त्यस्तै स्लो राइडिङ प्रतिस्पर्धामा आर्जुसिंह ठकुरी प्रथम, लिन्डा बतास द्वितीय तथा नीता डीसी तृतीय भए ।

महिलाहरू पनि सामाजिक एकता, रूपान्तरण, कार्य सशक्तीकरण आदिका माध्यमबाट समाजमा आफ्नो स्वामित्व स्थापित गराउन सक्छन् भन्ने मान्यतामा आधारित रहेर यस प्रकारको प्रतियोगिताको आयोजना गरिएको हो । नेपालमा मोटरसाइकलसँग सम्बद्ध दर्जनांै साना–ठूला इभेन्ट हुने भए पनि रेसनारीचाहिं ‘कम्प्लिट रेसिङ इभेन्ट’ हो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects