नायक सरोज खनाल ‘प्रेमगीत’ लिएर अमेरिका आउँदै

वाशिंगटन डिसी– गत प्रणय दिवसको शुभ साइतमा नेपाल अधिराज्यभर प्रदर्शन भएको नेपाली चलचित्र ‘प्रेमगीत’ अमेरिकाका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । यो चलचित्र देखाउन वरिष्ठ कलाकार सरोज खनाल स्वयम् आउने भएका छन् । अमेरिकाको विभिन्न शहरहरुमा प्रदर्शन गर्न मिति तथा स्थान समेत धमाधम आरक्षित गरिरहेको बताइएको छ ।

यसको लागि मार्चको अन्तिम सातादेखि उक्त चलचित्र प्रदर्शन गर्ने र यो चलचित्र अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले पक्कै मन पराउने छन् सरोज खनालले बताए ।

नेपाल अधिराज्यभर प्रदर्शन हुनु अगाडी नै गीतसंगीत निकै चर्चामा रहेको यो चलचित्रमा अधिकांश पाटो हाँसो र मनोरञ्जनको संगम रहेको छ ।

युवा निर्देशक सुदर्शन थापाले ‘प्रेमगीत’ युवापुस्तालाई नै लक्षित गर्दै बनाएका हुन् । नेपाली चलचित्र उद्योगमा यसअघि ‘मेरो एउटा साथी छ’ बनाउने निर्देशक थापाले ‘प्रेम कथा’ को निर्देशन गरेका छन् ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रमा प्रदिप खड्का, पुजा शर्मा, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राणा लगायतका कलाकारहरु रहेका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects