बेल्जियमको विमानस्थलमा विस्फोट, कम्तिमा ११ को मृत्यु

काठमाडौं: बेल्जियमको राजधानी ब्रसेल्सस्थि विमानस्थलमा दुईवटा शक्तिशाली बम विस्फोट भएको छ ।

ब्रसेल्सको ज्याभेनटेम विमानस्थलमा नेपाली समय अनुसार १ बजेर १५ मिनेटमा भएको बम विस्फोटमा कम्तिमा ११ जना मारिएका छन् ।

शक्तिशाली विस्फोटपछि त्यहाँ कम्तिमा २० जना गम्भीर घाइते भएका छन् । अहिले पनि विमानस्थलको टर्मिनलबाट धुवाँको मुस्लो निस्किरहेको छ ।
समाचार अनुसार प्रस्थान गर्ने कक्षमा वम विस्फोट भएको हो । यो विस्फोटमा अहिलेसम्म ११ जना मारिएको बताइएपनि यसको संख्या अझै बढ्ने बताइएको छ ।
समाचार अनुसार अनुसार प्रस्थान कक्षामा रहेको अमेरिकन एयरलाइन्सको काउन्टर नजिकै विस्फोट भएको हो । बेल्जियम सरकारले विस्फोटमा मानिस मारिएको पुष्टि गरेको छ । तर मारिएकाको संख्याबारे भने केही उल्लेख गरेको छैन ।

विस्फोटपछि विमानस्थललाई बन्द गरिएको छ । त्यहाँ फसेका यात्रुलाई सुरक्षाकर्मीले बाहिर निकाल्ने कोशिस गरिरहेका छन् ।

यो विस्फोट सन् २०१५ नोभेम्बरमा पेरिसमा भएको आतंकबादी हमलामा संलग्न सालेह अब्देसलामलाई बेल्जियममा गिरफ्तारी गरेको केबल चार दिनपछि भएको हो ।

फ्रान्सको पेरिसमा १२० जनाको ज्यान जाने गरि भएको आक्रमणका एक नाइकेलाई चार दिनअघि ब्रसेल्सबाटै गिरफ्तार गरिएको थियो ।
पेरिस आक्रमणमा संलग्न आईस आतंकवादीहरुले ब्रसेल्समै बसेर योजना बनाएको भन्दै त्यहाँ केही दिनअघिसम्म सुरक्षाकर्मीले ठूलो सर्च अप्रेशन चलाएका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects