न्यानोपन मन पर्छ, हावाहुरी मन पर्दैन ।
हरि कर्माचार्य, गायक (ग्लुमीगाइज)
धेरै बाक्लो लुगा लगाउनु पर्दैन, त्यो मन पर्छ अनि बाहिरी खाना खान सकिँदैन, त्यो मन पर्दैन ।
डिजे नोक्स
चिसो पानीमा नुहाउँदा रमाइलो हुन्छ, लामखुट्टे मन पर्दैन ।
गौरीशंकर धुजू, छायाँकार
मलाई चिसोको एलर्जी छ, त्यसैले गर्मी मौसममा मुड अन हुन्छ । काम गर्ने जाँगर एकदम बढ्छ । गीत कम्पोज गर्ने मुड पनि बन्छ, तर चिटचिट पसिना आएको मन पर्दैन ।
धीरज राई, पपगायक
मलाई गर्मी मौसम नै मन पर्दैन, तर कहिलेकाहीं गर्मीमा न्युरोडको मीठो लस्सी पिउन रमाइलो हुन्छ ।
देविका बन्दना, गायिका
गर्मीमा आइसक्रिम खान मज्जा हुन्छ, तर सनबर्न भएर काली भइन्छ, त्यो मन पर्दैन ।
सुरबिना कार्की, नायिका
ठन्डा ठाउँमा घुम्न, पौडी खेल्न, रूखमा पालुवा पलाएको हेर्न मन पर्छ । वातावरण दूषित भएको मन पर्दैन ।
अमिर गौतम, नायक
आइसक्रिम सेक विद हटी वाटर मन पर्छ, तर स्वरका लागि पिउन पाइँदैन, त्यो मन पर्दैन ।
रिमा गुरुङ होडा, गायिका
गर्मीमा तातो मन पर्छ नि, किनभने आफू त हट परियो । गर्मीमा चिसिनचाहिँ मन पर्दैन, सेलाइन्छ नि त ।
पारस पौडेल, टेलिभिजनकर्मी
गर्मीमा लुगा कम लगाउन पाइन्छ, कपडाको खर्च जोगिन्छ । घामले गर्दा छाला डढ्छ, योचाहिँ मन पर्दैन ।
सविन श्रेष्ठ, नायक
दिन लामो हुन्छ, त्यसैले आनन्दले काम गर्न समय पुग्छ । यता गर्मीमा रोग फैलने डर पनि हुन्छ, त्यो मन पर्दैन ।
नरेन खड्का, नायक
पातला लुगा लगाएर हिँड्न रमाइलो हुन्छ । हावाहुरी र गर्मीको पारो तातेको मन पर्दैन ।
प्रदीप चौधरी, रंगकर्मी
गर्मीमा पौडी खेल्न रमाइलो हुन्छ, घरबाट बाहिर निस्कनचाहिँ मन पर्दैन ।
प्रदीप ढकाल, चरित्र अभिनेता
धूलो उडेको मन पर्दैन । हल्का पहिरन लगाउन पाइन्छ, योचाहिँ मन पर्छ ।
अनुप सक्सेना, इभेन्ट मेनेजर
गर्मीमा मलाई लस्सी पिउन मन पर्छ, ट्युब बोकेर साथीहरूले खोलामा डुबुल्की मार्न जाउँm भनेको पनि मन पर्छ । अब उनीहरूले बोलाउलान् भनेर साथमा अन्डरवेयर र टावल बोकेर हिंड्न चाहिँ मन पर्दैन ।
भीम लिम्बू, गायक
गर्मीमा परेको पानी मनपर्छ, पसिना मनपर्दैन ।
चेतन सापकोटा, संगीतकार
गर्मीमा धेरै लुगा लगाउनु पर्दैन, त्यो मनपर्छ, तर धेरै लुगा नलगाउँदा मोटोपन एडजस्ट गर्नुपर्छ, त्यो मनपर्दैन ।
निमा डोमा शेर्पा, निर्देशक
बिहानको मन्द शीतल हावा मनपर्छ र दिउँसोमो उराठ लाग्दो राप मनपर्दैन ।
जुपिटर प्रधान, चित्र कलाकार
गर्मीमा स्वीमिङ मनपर्छ, चर्को घाम मन पर्दैन ।
नरेन खड्का, अभिनेता
गर्मीमा जिमशाला धाउन मनपर्छ, घामले छाला डडाएको मन पर्दैन ।
दिनेश शाही, मोडल
बिहानै उठेर मर्निङ वाक गर्न रमाइलो लाग्छ । खानेकुरा नरुच्ने कुरा चाहिं मन पर्दैन ।
पुष्पन प्रधान, गायक
गर्मीमा बिहानै उठेर रियाज गर्दा असाध्यै रमाइलो लाग्छ तर दिउँसो अल्छी लाग्दो हुन्छ ।
No comments:
Post a Comment