मेरा पिताजस्तो श्रीमान चाहिँदैन

आलिया भट्टले आफ्नो भविष्यको श्रीमान् पिता महेश भट्ट जस्तो नचाहेको बताएकी छिन् । अक्सर युवतीहरूले आफ्नो पिता जस्तो असल श्रीमान् खोज्ने ट्रेण्डको ठीक विपरीत उनले यो अभिव्यक्ति दिएकी हुन् ।

२३ वर्षीया आलियाका अनुसार उनका पिताको जीवन अत्यधिक विवादास्पद रह्यो । आलियाका पिता महेश धेरै अफेयर्समा रमाउँदै आएका छन् । त्यसैले आलिया भन्छिन्– ‘मलाई यस्तो श्रीमान् चाहिएको छ, जो सधैं मेरो साथीका रूपमा रहोस् र उसले जीवनभर मलाई खुसी दिन सकोस । मेरा पिताजस्तो श्रीमान चाहिँदैन,’ डेब्यु चलचित्र स्टुडेन्ट अफ दि इयरमा अभिनय गर्नुअघि तीन हप्तामा १६ किलो तौल घटाएकी आलिया करियरका लागि जति गम्भीर छिन्, कसैसँगको सम्बन्ध विस्तारमा पनि उत्तिकै सचेत रहन्छिन् ।

चलचित्रमा आउनुपुर्व उनको तौल ६८ किलोग्राम थियो । विद्यालय जीवनमा औसत विद्यार्थी रहे पनि गायन र नृत्यलगायत अन्य क्रियाकलापमा उनी अब्बल मानिन्थिन् । साथीहरूका साथमा पार्टी गर्न रुचाउने आलिया बलिउडमा भविष्य खोज्ने क्रममा मात्र पिता महेश भट्टको नजिक पुगेकी थिइन् । यद्यपि बलिउडमा करियर सुरु गर्न उनलाई भट्ट क्याम्पको ब्यानर आवश्यक भएन ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects